“बन्चरो प्रहार गरि भाइको हत्या गर्ने दाइ पक्राउ”

इनेप्लिज २०८२ असार १३ गते १०:२३ मा प्रकाशित

घटना विवरण:-

मिति २०८२।०३।१२ गते साँझ १८:०० बजे समयमा जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा नं.०६ पाखापानी बस्ने वर्ष ४२ को प्रतिवादी विष्णु भन्ने टेक बहादुर बादी र मृतक बोम बहादुर बादी दुवै जनाले मादक पदार्थ सेवन गरि मृतकले प्रतिवादीसँग बिँडी माग्दा झगडा हुन गई निज प्रतिवादी विष्णु भन्ने टेक बहादुर बादीले आफ्नै सहोदर भाई वर्ष ३२ को बोम बहादुर बादीलाई निधारमा बन्चरो प्रहार गरि गम्भीर घाईते बनाएकोमा तत्काल प्रहरी घटना स्थलमा पुगी घाईतेलाई उपचारको लागि अस्पताल तर्फ पठाईएकोमा बाटोमा घाईतेको अवस्था झन गम्भीर भई ठाडा स्वास्थ्य चौकीमा ल्याईएकोमा अं.२३:१० बजे निज बोम बहादुर बादीलाई मृत घोषण गरेको साथै निज प्रतिवादी विष्णु भन्ने टेक बहादुर बादी घटना पश्चात जङ्गल तिर भागेकोमा प्रहरी चौकी जलुके र ईलाका प्रहरी कार्यालय ठाडाबाट तत्काल प्रहरी परिचालन भई खोजतलास गर्ने क्रममा जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा नं.०६ खमारीबाट निज विष्णु भन्ने टेक बहादुर बादीलाई राती अं.२१:३० बजे पक्राउ गरि ईलाका प्रहरी कार्यालय ठाडाबाट आज मिति २०८२।०३।१३ गते अर्घाखाँची जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्यको लागी हिरासतमा राखिएको ।

पक्राउ पर्ने व्यक्तिको विवरण :-
नाम थर:- विष्णु भन्ने टेक बहादुर बादी
उमेर:- ४२ वर्ष
वतन:- जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. ०६ पाखापानी ।
पक्राउ मिति:- २०८२।०३।१२ गते ।
पक्राउ स्थान:- जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. ०६ खमारी ।
बरामदी दसी:-

मिति:- २०८२।०३।१३

सूचना अधिकारी
झलक प्रसाद शर्मा
( प्रहरी निरीक्षक)
सम्पर्क नं.
९८५७०८६०९९

प्रतिक्रिया