हाम्रो सानो घरमा छ है राम्रो फूलबारी,
आउँछन्–जान्छन् पुतली रमाइलो पारी ।
धेरै रंगका राम्राराम्रा फुलेका छन् फूल
त्यस्तै राम्रो रङ्गीचङ्गी पुतलीका हूल ।
फूलबारीको छेउमा छन् साना धुपी रूख
गँुड बनाउन चरीलाई हुँदैन है कुनै दुःख
फूलबारीमा पसेपछि मनै मेरो रमाउँछ
भन्नु हुन्छ आमाले दुःख–पीर भगाउँछ
खुसी पार्न सबैलाई रोप्छु राम्रा राम्रा फूल
कोपिलामै टिपेर गर्ने छैन मैले भुल ।
प्रतिक्रिया