काँढामा फूल भै फुल्ने हाम्रो यो नव जिन्दगी
आफैँलाई भुलाएर के खोज्छौ अन्य जिन्दगी
लजाएर तिमी आयौ ढिलै भो लौन के गरौँ
परेलीमा अटाएर भुलाऔँ मनको कुरो
स्वर्गको कल्पना गर्दै आफ्नैमा विष घोल्दछन्
प्राणवायु रहेसम्म माटोमा बीज रोप्दछन्
छैन आस्था कतै छैन उही वसन्तकै भर
लोभ,मोह सबै त्यागील गर ईश्वरकै भर
कहाँ दौडिरहेका छौ मान्छे हो परमेश्वर
हत्केलामा सधैँ हेर देख्नेछौ तिमी ईश्वर
तिमी आस्था तिमी रश्मी तिमिमै जिन्दगी रमी
अँध्यारोमा कुंवा खन्ने धेरै छन् मुटुका छवि
धेरै छन् प्रेमको पाटो छिट्टै निर्णयमा पुगी
पछुताएर सधैँ रुन्छन् साथी लौन छुट्यो भनी
मेरो आग्रह भो टाढा वसन्त वैलिदै गयो
आँखाबाट झरे आँसू जेठका घाम देखियो
फग्लेटो किन बिछ्यायौ परिणाम भयावह
उन्मुक्त हुन यो मेरो चित्र लेख्दै निरन्तर
कठै मेरो तिमी साथी फर्क फर्क यहीँ बस
तिम्रो श्वास खुले पुग्छ वर्षैभरि दिगन्तर
सिङ्गै धर्ती रहेतक
शब्द : शिला पन्त
प्रतिक्रिया