रुसी सेनाले युक्रेनको झिटोमिर क्षेत्रमा पश्चिमी देशका हतियारको “ठूलो” भण्डारण नष्ट गरेको दाबि गरेको छ।
रुसी सेनाले शनिबार अमेरिका र युरोपबाट हतियार र सैन्य उपकरणहरूको “ठूलो” मात्रालाई कीभको पश्चिममा युक्रेनको झिटोमिर क्षेत्रमा नष्ट गरेको सरकारी संचार माध्यम टिएएसएसले रक्षा मन्त्रालयका प्रवक्ता सैनिक सेनाध्यक्ष इगोर कोनाशेन्कोभलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ ।
कालिब्र क्रुज मिसाइल(समुन्द्री क्षेप्यास्त्र ) प्रयोग गरेर हतियार नष्ट गरिएको प्रवक्ताले बताए।
रुसी सेनाले ओडेसाको बन्दरगाह शहरको एउटा कारखानामा इन्धन भण्डारण केन्द्रमा पनि आक्रमण गरिएको कोनाशेन्कोभले भने ।
प्रतिक्रिया