विराटनगर,७ जेठ।गत वैशाख ३० गते सम्पत्र स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकामा विजयी हुने जनप्रतिनिधिहरुलाई आज यहाँ प्रमाणपत्र वितरण गरियो।
मुख्य निर्वाचन अधिकृत भरत लम्सालले महानगरका नव निर्वाचित प्रमुख नागेश कोइराला,उपप्रमुख शिल्पा निराला कार्की लगायत सम्पूर्ण १९ वडाका अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र वितरण गर्नु भयो।
सो अवसरमा महानगरप्रमुख कोइरालाले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य उपचारका लागि चाँडै महानगर अस्पताल निर्माण गरि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।
उपप्रमुख कार्कीले पालिकालाई ‘महिला मैत्री’ बनाउने उद्देश्यले कार्य गर्ने बताउँदै महिला शिपमुलक तालीम, सुकुम्वासी मुक्त शहर निर्माण गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त्त गर्नु भयो।
मुख्य निर्वाचन अधिकृत लम्सालले निर्वाचन स्वच्छ, स्वतन्त्र,भयरहित वातावरणमा सम्पत्र गर्न सहयोग गर्ने राजनीतिक दल,प्रहरी,प्रशासन एवं सञ्चारकर्मीहरुको ठूलो भूमिका रहेकोमा धन्यवाद ज्ञापन गर्नु भयो।
प्रतिक्रिया