विरानटगर,६ जेठ ।विराटनगर महानगरपालिकाको आज साँझ प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धन दलको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला सात हजार १८५ मतले अगाडि रहुनु भएको छ।
कोइरालाले २५ हजार ३१२ मत ल्याउनु भएको छ भने नेकपा एमालेका सागर थापाले २० हजार ७९ मत ल्याउनु भएको छ।
यस्तै प्रमुखका अन्य उम्मेदवारहरु स्वतन्त्रबाट उमेश यादवले आठ हजार १७९ र राप्रपाका प्रल्हादप्रसाद साहले चार हजार ९३५ मत ल्याउनु भएको मुख्य निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।
यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी,नेपालका तर्फवाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा एमालेका उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्की भन्दा १० हजार ३९७ मतले पछाडि रहनु भएको छ।
उपप्रमुखमा नेकपा एमालेकी कार्कीले २३ हजार ६३१ ,गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका यादवले १३ हजार २३४,राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले छ हजार ३५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले चार हजार ८२८ मत प्राप्त गर्नु भएको छ।
पछिल्लो परिणाम अनुसार विराटनगर महानगरपालिकाका वडा नं १२ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका हिरा कामत निर्वाचित हुनु भएको छ। अहिले महानगरको वडा नं ९,१० र ११ को मतगणना भैरहेको छ।
महानगरपालिकाको वैशाख ३० गते सम्पन्न निर्वाचनमा ८९ हजार ६७८ मत खसेको थियो भने अहिलेसम्म ८२ हजार ५२७ मत गणना भैसकेको छ।
प्रतिक्रिया