युक्रेनको लुहान्सक क्षेत्रमा रुसी बमबारीको कारण १२ जना सर्वसाधारणको मृत्यु भएको सैन्य प्रशासनले जनाएको छ।
रुसी सेनाले गरेको भारी गोलाबारीमा १२ जना सर्वसाधारणको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएको लुहान्स्क क्षेत्रमा रहेको सैन्य प्रशासनले जनाएको छ ।
लुहान्स्क प्रशासन प्रमुख सेर्ही हैदाईले सबै हताहतहरू सेभेरोडोनेत्स्क शहरमा भएको बताए।
हैदाईले गोलाबारीलाई अराजकताको रूपमा वर्णन गरे “अधिकतर रुसीहरूले आवासीय भवनहरूमा निशाना बनाएको बताए ।
हताहतको संख्या अन्तिम नभएको, अझ उक्त क्षेत्रको निरीक्षण गर्न असम्भव रहेको ,उन्ले बताए ।
प्रतिक्रिया