अमेरिकी रक्षा सचिवद्वारा रुसी समकक्षीसॅग कुरा गरे र “तत्काल युद्धविराम” लाई आग्रह

इनेप्लिज २०७९ वैशाख ३० गते १८:४१ मा प्रकाशित

अमेरिकी रक्षा सचिवले फेब्रुअरी १८ पछि पहिलो पटक रूसी समकक्षीसॅग कुरा गरे र “तत्काल युद्धविराम” लाई आग्रह गरेका छन।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले युक्रेनमा रुसले आक्रमण गर्नुअघि शुक्रबार पहिलो पटक आफ्ना रुसी समकक्षीसँग कुरा गरेका छन्, पेन्टागनले घोषणा गरेको छ।

“मे १३ मा  रक्षा सचिव लोयड जे. अस्टिन तृतियले फेब्रुअरी १८ पछि पहिलो पटक रूसी रक्षा मन्त्री सेर्गेई शोयगुसॅग कुरा गरे ,” पेन्टागनका सॅचार सचिव जोन किर्बीले एक विज्ञप्तिमा भने।

अस्टिनले “युक्रेनमा तत्काल युद्धविराम गर्न आग्रह गरे र सञ्चारको  पद्धतीहरु कायम राख्ने महत्त्वलाई जोड दिए,” किर्बीले भने।

प्रतिक्रिया