खार्किभ क्षेत्रमा युक्रेनी रक्षाको लागि अत्यावश्यक ३ पुलहरू विस्फोट

इनेप्लिज २०७९ वैशाख ३० गते १४:११ मा प्रकाशित

खार्किभ क्षेत्रमा युक्रेनी रक्षाको लागि अत्यावश्यक ३ पुलहरू विस्फोट गराईएको समाचार सिएनएनले लेखेको छ ।

खार्किभ क्षेत्रमा निरन्तर युक्रेनी रक्षाको कारण रुसी सेनाहरू पछि हट्दै गर्दा युक्रेनी सेनाहरु अगाडी बढनको लागि महत्त्वपूर्ण तीनवटा पुलहरू ध्वस्त पारिएको बताएका छन् ।

मे १२ मा खिचिएको तस्बिरहरूले रुबिज्ने र स्टारी साल्टिव गाउँहरू नजिक सिभरस्की डोनेट्स नदी पार गर्ने पुलहरूको भत्किएका भागहरू सिएनएनले देखाएको छ ।

जुन रूसी सीमानाबाट करिब १० माईल दक्षिणमा पर्दछ ।त्यहाँ उत्तरमा केवल दुई साना पुलहरू रहेका छन भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

पुल भत्काए पछि रुसलाई अघि बढन गार्हो पर्ने र युक्रेनी सेनालाई युद्ध गर्न सजिलो पर्नेछ ।

प्रतिक्रिया