रुसी अधिकारीहरूले क्रिमियाका मानवअधिकार महिला कार्यकर्तालाई “अपहरण” गरेको आरोप लगाएका छन् । क्राइमियाली मानवअधिकार कार्यकर्ता र स्वास्थ्य परिचारिका (नर्स )इरिना ड्यानिलोभिच एक हप्ता भन्दा बढी अघि रुसी कब्जा गरिएको प्रायद्वीपमा कामबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्। त्यस बेला देखि उनी देखिएकी छैनन् ।
ड्यानिलोभिचलाई रुसी अधिकारीहरूले हिरासतमा लिएको विश्वास गरिएको छ, तर उनीहरूले उनलाई कहाँ, कसले हिरासतमा राखिएको छ भन्न अस्वीकार गरेका छन्।
“हामी अनुमान गर्छौं कि उनी अझै कारागारमा छिन्,” ड्यानिलोविचका वकिल एडर अजमाटोभले सिएनएनलाई भने।
एक नागरिक पत्रकारको रूपमा आफ्नो काम मार्फत, ड्यानिलोविचले क्राइमियाको स्वास्थ्य सेवा प्रणालीमा समस्याहरू उजागर गरिन्, जसमा कोरोनाभाइरस महामारीको प्रतिक्रियामा पनि समावेश छ। उनले धेरै युक्रेनी संचार माध्यमहरूको लागि लेखेकी छिन् र सामाजिक संजाल अनुहार किताव (फेसबुक)मा आफ्ना निष्कर्षहरू प्रकाशित गरेकी छिन भनि सिएनएनले उल्लेख गरेको छ ।
ड्यानिलोविचका बुबा ब्रोनिस्लाभले रेडियो लिबर्टीसँग सम्बद्ध समाचार साइट क्रिमरियालीलाई बताए अनुसार उनकी छोरीले दक्षिण-पूर्वी क्रिमियाको कोक्टेबेलमा रहेको चिकित्सा भवन (मेडिकल फ्यासिलिटी मा आफ्नो कार्यअवधि सकेर अप्रिल २९ को बिहान सार्वजनिक यातायात घर लैजाने योजना बनाएकी थिइन्।
आजमाटोभले भने उनकी छोरीले संचार माध्यममा जवाफ दिएकी छैनन । आजमाटोभ, ड्यानिलोविचको परिवार र धेरै मानवअधिकार संगठनहरूले उनको बेपत्ता भएदेखि नै क्रिमियाका धेरै शहरहरूमा हिरासत केन्द्रहरूमा उनको खोजी गरिरहेका छन्।
प्रतिक्रिया