युक्रेनमा आक्रमण भै रहेको समयमा उत्तर कोरियाले जापानको समुन्द्र क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०७९ वैशाख २४ गते ११:२१ मा प्रकाशित

उत्तर कोरियाले जापानको समुन्द्रमा ब्यालेस्टिक मिसाइल( प्राक्षेपिक क्षेप्यास्र) प्रहार गरेको छ । उत्तर कोरियाले शनिबार प्रहार गरेको छोटो दूरीको प्राक्षेपिक क्षेप्यास्त्रले आफ्नो ३७३ माइल (६०० किलोमिटर) प्रक्षेपणमा करिब ३७ माइल (६० किलोमिटर) को उचाईमा पुगेको दक्षिण कोरियाका संयुक्त प्रमुख अधिकारीले बताए।

त्यो उचाईमा क्षेप्यास्त्र रक्षा प्रणालीलाई पत्ता लगाउन गाह्रो हुन सक्छ। दक्षिण कोरियाका संयुक्त प्रमुखले स्थानीय समय अनुसार क्षेप्यास्त्र दिउँसो २:०७ बजे पनडुब्बीबाट प्रहार गरिएको बताएका छन्। उत्तर कोरियाको पूर्वी तटको सिन्पो क्षेत्रबाट प्रहार भएको थियो ।

जापानी तटरक्षकले दिउँसो २:२५ बजे उक्त प्रक्षेप्य जापानको सागरमा खसेको पुष्टि गरेको छ, जसलाई पूर्वी सागर पनि भनिन्छ।

दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले प्रक्षेपणको विश्लेषण गरिरहेका छन ।

शनिबारको प्रक्षेपण उत्तर कोरियाले गत बुधबार अर्को प्राक्षेपिक क्षेप्यास्र परीक्षण गरेको केही दिनपछि भएको हो। उत्तर कोरियाले यो वर्ष आफ्नो क्षेप्यास्र परीक्षण कार्यक्रमलाई तीव्रता दिएको छ ।

शनिबारको प्रक्षेपण २०२२ मा हालसम्म उत्तर कोरियाको १४ औं क्षेप्यास्र हो । दक्षिण कोरियाली सेनाले शनिबार बारम्बार क्षेप्यास्त्र प्रक्षेपणलाई “गम्भीर रूपमा धम्की दिने” कार्यको रूपमा मोहर लगएको छ भने यसलाई “तुरुन्तै बन्द गरिनु पर्छ” भनेको छ ।

गत अप्रिल २५ मा भएको सैन्य परेडमा उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो आणविक हतियारको विकासलाई “सबैभन्दा उच्च” गतिमा अघि बढाउने वाचा गरेका थिए ।

प्रतिक्रिया