विराटनगरमा गठबन्धनको प्रभाव राम्रो

इनेप्लिज २०७९ वैशाख २४ गते ०:४७ मा प्रकाशित

विराटनगर,२३ वैशाख।पाँच राजनीतिक दलबीच भएको गठबन्धन विराटनगर महानगरपालिकामा सबैभन्दा राम्रो रहेको गठबन्धनमा आवद्ध दलका नेताहरुले स्पष्ट पारेका छन्।

प्रतिगमन विरुद्ध भएको यो गठबन्धन स्थानीय तहको निर्वाचनसम्म चल्ने मात्र नभएर कालान्तरसम्म रहि रहने उहाँहरुले उद्घोष गरेका छन्।राजनीतिक परिवर्तन पछि प्राप्त उलब्धिहरुको रक्षा गर्न,संविधानलाई जोगाउन र लोकतन्त्र एवं गणतन्त्रको यात्रा गणतव्यमा पुर्याउनका साथै मुलुकमा विकास र समृद्धि यात्रा पूरा गर्न गठबन्धन आवश्यक रहेको उहाँहरुको जिकिर छ।

स्थानीय तहको निर्वाचनको सन्दर्भमा विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसका नागेर कोइराला र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दिई प्रचारप्रसारमा लागेका छन्।

सोही सन्दर्भमा आज यहाँ सञ्चारकर्मीहरुसँग भएको कार्यक्रममा प्रदेश नं १ का स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले गठबन्धन दलको आपसी सद्भाव एवं एकताले हाम्रो जीत सुनिश्चित छ भत्रुभयो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले गठबन्धनमा आवद्ध दलहरुको परामर्श एवं सहमतिमा बनाएको महानगरका उम्मेदवारहरुले सफलता हासिल गर्ने दावी गर्नुभयो।

विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार नागेश कोइराला र उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले विराटनगरको समुचित विकास गरी नगरलाई हराभरा बनाउने,डुबानबाट मुक्त्त गर्ने,शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच बढाई रोजगार सिर्जना गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, नेपाली कांग्रेस विराटनगर महा नगरसमितिका सभापति दिपक चापागाँई,नेकपा माओवादीका नगरका नेता भोगेन्द्र यादवले पनि गठबन्धन देश र जनताका हितमा रहेको चर्चा गर्नुभयो।

प्रतिक्रिया