मातातीर्थ औँसी

सुरेन उप्रेती पाँचथर हाल अटवा क्यानडा २०७९ वैशाख १७ गते १५:२१ मा प्रकाशित

 

आज मातातीर्थ औँसी।बच्चा धर्तीमा अवतरण गराउँने आमाहरूको दिन।आमालाई धरती पनि भनिन्छ।जसबाट सृष्टिका सुन्दर जीवहरू र प्राकृतिक सौन्दर्यताको जन्म भएको हुन्छ।भौगोलिक बिभिदता अनुसार एउटै मुलुकमा पनि आमालाई बिभिन्न भाषामा फरक फरक ढंगले सम्वोधन गर्ने गरिन्छ।लिम्वु भाषामा आमालाई मा,मान्ना,मानुदिङ,भनेर सम्वोधन गरिन्छ।वान्तवा राई भाषामा आमालाई मामा भन्ने गरिन्छ।नेपालभित्र मा,माई,आमा मै,अम्मा,माता,हुँदै ममी आदि शब्दले आमालाई चिनिन्छ।नेपाल भन्दा बाहिर गएर हेर्ने हो भने आमालाई चिनाउने भिन्नभिन्न देशहरूमा भिन्नभिन्न शब्दहरू छन्।जस्तो जापानिज भाषामा आमालाई हाहाओया (Hahaoya ) भनिन्छ।त्यस्तै गरेर कोरियन भाषामा अमोइनी (Eomeoni) भनिन्छ।चाइनिज भाषामा मोची(Muqin ) भनिन्छ । फ्रेन्च भाषामा मेर (M’ere) भनिन्छ।स्पेनिसमा माद्रे (Madre),रसियनमा म्वाम्वा (Mama ),पोर्चुगिजमा म्वए (Ma’e ),जर्मनमा मोटर ( Mutter), इटालियनमा मादरे (Madre),अरबिकमा उम (‘Um ),यूक्रेनियनमा माते (Maty),स्वाहेलीमा( Kenya ) मामा (Mama),अंग्रजीमा मोदर,मम,आदि शब्दले पुकारिन्छ।

आज मानिसहरू आफ्नौ बौद्धिक क्षमताले सन्सारभर परिचित भएका छन्।वालक देखि बृद्धबृद्धाले पनि ती मानिसहरूका नाम सुनेका छन्।उनीहरूले आविष्कार र अन्वेषण गरेका यन्त्रहरू उपयोग र उपभोग गरी रहेकाछन्।त्यस्ता मानिसहरू जाहे राईटर ब्रदर्स हुन या बेल ग्राम हुन्।चाहे विलग्रेड हुन या मार्क जुगरबर्ग र एलनमस्क हुन।महारानी एलिजावेथ हुन या बोरिस एल्तसिन।सबैकी सर्जक भनेकी आमा नै हुन् । आमा बिना कुनै प्राणीहरूको परिकल्पनानै हुँदैन।आमा नभएको भए तपाईहामी आज यो धरतीमा हुने थिएनौँ।यो प्रकृतिको मनोरम सौन्दर्यतामा रम्ने र रसस्वादनका अनुभूति गर्ने त कुरै भएन।ती सृष्ट्रीकर्ता आमाकै अनुकम्पाबाट धरती सजिएको छ।

अर्थशास्त्री माल्थसले भनेको बजार शास्त्रको नियम बस्तु विनिमयमा मात्र लागू हुँदैन । यो चारै तर्फ लागू हुन्छ । यो परिवारमा लागू हुन्छ । प्रेममा लागू हुन्छ । भान्सामा लागू हुन्छ । परिवारका सदस्यमा लागू हुन्छ । बाबुआमामा लागू हुन्छ । तपाईका बुबाआमा सँगै हुन्जेल आमाबुबाको महत्व थाहा नहुन सक्छ । बजारमा प्राप्त हुने बस्तुको मूल्य सस्तो भए जस्तै । तर जब तपाईका बुबाआमा तपाई सँग हुनुहुन्न, तब प्रत्येक पल, प्रत्येक क्षण बुबाआमाको अभाव महषुस गर्नु हुनेछ । गुमाई सके पछी पश्चातापमा छट्पटिनु भन्दा केही विकल्प रहने छैन । बुबाआमा भनेको ईस्वरको रूप हो । भगवानको प्रतिरूप हो । जसजसका बुबाआमा हुनु हुन्छ । जीवित हुँदै सेवा गरौँ।उहाँहरूबाट आशिर्वाद ग्रहण गरौँ ।उहाँहरूले हामीलाई जन्म दिएर भोक, रोग, अप्ठ्यारा परिस्थिति सँग जुझेर नै आज हामी छौ । केही खानेकुरा देख्दा पनि छोराछोरी सम्झने । केही राम्रो खेलाउना या बस्त्र देख्दा पनि छोराछोरी सम्झने बुबाआमा । आज उहाँहरू बृद्ध हुनु भयो होला । हामी बयस्क भयौ होला।हाम्रा पनि साना छोराछोरी भए होला । हामी हाम्रा साना छोराछोरीलाई कती माया गर्छौँ । हाम्रा आमाबुबा पनि हामीलाई त्यो भन्दा बढी माया गर्नु हुन्छ । अझै गरी रहनु भएको हुन्छ।अझै हामीलाई सानै देख्नु हुन्छ । उहाँको भनाईमा मिठास भरिएन होला । तपाईको पढाई र पद अनुसार सम्वोधन भएन होला । तर तपाई हामी उहाँकै सृजना हौँ।हामी उहाँकै रगतले भिजेका गुन्यूमा लट्पटिएर हुर्किएका हौँ।उहाँकै मायाममता र करूणामा जीएका हौँ । जीवित देवी आमालाई आदर गरौँ । सम्मान गरौ ।संसार भरी रहनु भएका श्रद्धेय आमाहरूलाई २०७९ को मातातीर्थ औँसीको हार्दिक मंगलमय शुभकामना।

साथमा एउटा गीत

आमा

जन्म दिने कर्म दिने शीप दिने आमा
बामे सर्दै पाइला टेक्न सिकाउने आमा

आफुलाई मेटाएर सन्तानका लागि
भोक तिर्खा निन्द्रा थकान सबैलाई त्यागी
दिन रात बाह्रैमास सोच्छिन उनकै खातिर
सुख अनि सम्बृद्धिका निम्ति हुन्छिन हाजिर

जन्म दिने कर्म दिने शीप दिने आमा
बामे सर्दै पाइला टेक्न सिकाउने आमा

पढोस बढोस नाम राखोस स्वास्थ बनोस भन्दै
सातैबार ब्रत बस्छिन दीर्घायू होस भन्दै
केही खानु भन्दा पहिला सन्तान सम्झिएर
गाँस निल्न गाह्रो हुन्छ याद बल्झिएर

जन्म दिने कर्म दिने शीप दिने आमा
बामे सर्दै पाइला टेक्न सिकाउने आमा

मिल्ने भए नानी भित्र लुकाएर राख्छिन
मुटुभित्र छाती भित्र छुपाएर राख्छिन्
पिलाउँछिन अमुल्य रस छाती सुकाएर
उज्यालोमा राख्छिन सन्तान आफुजलाएर ।

जन्म दिने कर्म दिने शीप दिने आमा
बामे सर्दै पाइला टेक्न सिकाउने आमा

-सुरेन उप्रेती पाँचथर हाल अटवा क्यानडा

प्रतिक्रिया