मनोसामाजिक अपाङ्गको पुनस्र्थापना केन्द्रको व्यवस्था हुनुपर्छ

इनेप्लिज २०७९ वैशाख १६ गते १०:२१ मा प्रकाशित

विराटनगर,१६ वैशाख। प्रदेश नं १ मा मनोसामाजिक अपाङ्ग भएका व्यक्त्तिको उपचार एवं पुनस्र्थापना केन्द्रको व्यवस्था हुनुपर्ने सहभागीहरुले सुझाव दिनु भएको छ।

राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश नं १ र कोशिषद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित प्रदेश स्तरीय अपाङ्गता समावेशी स्वास्थ्य र पुनस्र्थापना सम्वन्धित अन्तरक्रियामा उहाँहरुले अपाङ्गहरुलाई सहायक सामाग्री र अस्पतालमा सहज उपचारको व्यवस्था हुनुपर्नेमा जोड दिनु भयो।

प्रदेश नं १ स्वास्थ्य मन्त्रालयका सचिव डा अनुज भट्टचनले मनोसामाजिक अपाङ्गको सही तथ्याङ र वास्तविका अध्यायन गरी सरकारले आवश्यक रणनीति तयार गरी उपचारको लागि सम्वोधन गर्ने बताउनु भयो।सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले अपाङ्गहरुको उपचार र पुनस्र्थापनामा पालिकाको महत्वपूर्ण भूमिका रहेने बताउनु यस सम्वन्धमा सरकार सकारत्मक रहेको धारणा राख्नु भयो।

कार्यक्रममा महासङ्घका प्रदेश अध्यक्ष नविन ढुंगेल,स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानेन्द्रवहादुर बस्नेत,सामाजिक मन्त्रीलयकी दुर्गा भण्डारी,स्वास्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहता,कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा यज्ञ खरेल,कोशीशका राजेन्द्र यादवले प्रदेशका ५८ पालिकामा अपाङ्ग रोकथामका कार्य गरिरहेको,गुणस्तरीय अपाङ्ग सहायक सामाग्रीहरुको व्यवस्था हुनुपर्ने,अपाङ्ग सहायक सामाग्रीको मर्मतका लागी जिल्लामा केन्द्र स्थापना हुनु पर्ने,अस्पतालमा वहिराको उपचारका लागि दोभाषेको व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिनु भएको थियो।

प्रतिक्रिया