अफ्रिकाको युगाण्डामा नेपाली रक्तदाता सङ्घ गठन

इनेप्लिज २०७९ वैशाख ८ गते १०:५४ मा प्रकाशित

कम्पाला , युगाण्डा ।अफ्रिकाको युगान्डामा नेपाली रक्तदाता सङ्घको राष्ट्रिय समिती गठन भएको छ ।

बर्षा क्षेत्री अध्यक्ष रहनु भएको समितीमा उपाध्यक्ष रमा अर्याल , सचिव प्रेमबहादुर श्रेष्ठ , कोषाध्यक्ष सन्जीव शर्मा ,संयोजक बिनोद थापा र सदस्यहरूमा तिलक भण्डारी , सिता कुमारी श्रेष्ठ र पंकज झा रहनु भएको छ ।

संघले आगामी जुन १९ मा कम्पालामा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ अन्तर्गतको युगान्डा नाइजेरिया पछि अफ्रिकाको दोस्रो राष्ट्रिय शाखा बनेको छ ।

प्रतिक्रिया