पोल्याण्डका प्रधानमन्त्रीद्वारा युक्रेनमा अस्थायी आवास समुदायको उद्घाटन

इनेप्लिज २०७९ वैशाख ६ गते १८:०८ मा प्रकाशित

पोल्याण्डका प्रधानमन्त्रीले युक्रेनमा अस्थायी आवास समुदायको उद्घाटन गरेका छन । पोल्यान्डका प्रधानमन्त्री माटेउज मोराविकीले युद्धबाट विस्थापित युक्रेनीहरूका लागि आफ्नो देशले दान गरेको अस्थायी आवास समुदायको उद्घाटन गर्न मंगलबार पश्चिमी युक्रेनको भ्रमण गरे।

“यो छोटो अवधिको डिब्बे आवास हो। यहाँका परिस्थितिहरू सामान्यतया अस्थायी हुन्छन , ती मानिसहरूका लागि मात्र हो जो कतै जादैनन् , “मोराविकीले लभिभको भ्रमणको क्रममा भने।

मोराविकीले भने कि पोल्याण्डक टोलीहरू थप अस्थायी घरहरू निर्माण गर्न मंगलबार बुचा र कीभ जानेछन्।

“रूसले युक्रेनमा जनताको जीवनका सबै आधारहरू मात्र बर्बाद गरिरहेको छैन, यसले सादा ढुंगा पत्थर सबै चीजहरू जलाउँछ ,धुवाँ र खरानी मात्र बाँकी छ,” मोराविकीले भने।

फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता युक्रेनमा झण्डै १ करोड मानिस आफ्नो घर छाड्न बाध्य भएको र २५ लाख विस्थापित बासिन्दाले पोल्याण्डमा शरण लिएको प्रधानमन्त्रीले बताए ।

“तर हामीले याद गर्नुपर्दछ कि लगभग ६ मिलियन अर्थात् ६० लाख अझै पनि युक्रेनमा कतै बसिरहेका छन्,” मोराविकीले भने।

प्रतिक्रिया