अमेरिकामा काममा जाँदा कस्ता वस्त्रहरु लगाउने चलन हुन्छ ,कस्ता वस्त्र लगाउदा नराम्रो मान्छन

इनेप्लिज २०७९ वैशाख ४ गते १:४१ मा प्रकाशित

अमेरिकामा समग्रमा काममा अर्थात् कार्यालयमा जाँदा कुनै खासै त्यस्तो वस्त्र लगाउनु पर्ने भन्ने हुदैन । विश्वका अन्य मुलुक ,युरोप र नेपालबाट आएका मानिसहरु अमेरिकामा आए पछि काममा जाँदा छक्क पर्छन। नेपालमा काममा अर्थात् अफिस(कार्यालय)मा जाँदा चिट्टिक ,राम्रो र बिशेष सांझा पोशाक (ड्रेस )आदी इत्यादी लगाएर जाने चलन हुन्छ ।

तर अमेरिकामा ठिक उल्टो छ । यहाँ नेपालमा सामान्य वस्त्र लगाएर घुमफिर जस्तो गरेर पनि काममा जान सकिन्छ । कुनै नियम र अनुशासनको कारवाईमा परि दैन । अमेरिका आए पछि राम्रा लुगाहरु बिशेष उत्सव बाहेक अन्य काममा लगाएर जाने चलन कम हुन्छ ।

साधारण पोशाक अर्थात् आकस्मिक पोशाक (कजुअल ड्रेस ) लगाउने चलन हुन्छ । औपचारिक लुगा लगाएर काममा जाने प्रचलन एकदम न्यून हुन्छ । तर त्यसो भनि रहदा औपचारिक वस्त्र नलगाउने भन्ने आशय कदापी हैन । लगाउने चलन पनि हुन्छ । अमेरिका बस्ने हिसावले आएका सबैजनाले आफ्ना किनेर ल्याएका वस्त्रहरु काम नलाग्ने भएर जान्छ ।

किनभने नेपालीले मात्र हैन जुन सुकै देशका मानिसहरु अमेरिका आउदा दुई सन्दुकभरि वस्त्र नै वस्त्र ल्याएका हुन्छन । अमेरिकामा जस्तो वस्त्र लगाएर गए पनि हुन्छ तर काममा जानु अगाडी एकपटक अमेरिका अगाडी आएकालाई सोध्ने गर्नु पर्छ ।

अमेरिकामा विशेष गरि नव आगन्तुकहरुले एकदमै याद गर्नु पर्ने कुरा वस्त्र पनि हो । अमेरिकामा थोरै वस्त्र छन् भने तपाईलाई संगै काम गर्ने साथीभाईहरुले खिसी गर्दैनन् । खिल्ली उडाउदैनन् ।

अमेरिकामा थोरै वस्त्र छन् भने तपाईलाई संगै काम गर्ने साथीभाईहरुले खिसी गर्दैनन् । खिल्ली उडाउदैनन् ।

तपाई संग काममा लगाएर जाने लुगा धेरै छन् भने अति राम्रो । किनभने फेरी फेरी लगाएर जाँदा राम्रै मानिन्छ । किनभने अमेरिका आज लगाएर गएको लुगा भोली पनि त्यही लुगा लगाएर जाने चलन हुदैन । नव आगन्तुकहरुले सबै भन्दा याद गर्नु पर्ने कुरा यो हो । अर्को कुरा अमेरिकामा हिजो लगाएर गएको लुगा भोलि पल्ट लगाएर जाँदा बिदेशीले फोहोरी ठान्दछन ।

उनीहरुले मुखमा केही भन्दैनन तर हिजो लगाएको लुगा त्यही लुगा लगाएर जाँदा नराम्रो मान्छन । स्मरण रहोस ,बिदेशीहरुले अर्थात् अमेरिकीहरुले हिजो लगाएको लुगा भोलि पल्ट त्यही लुगा लगाएर आएको न्यून देखिन्छ । उनिहरु त्यहि लुगा लगाउदैन । त्यस्तो देखिदैन ।

सफा लुगा लगाऔ,पसिना आउने छ भने दुर्गन्धरहित बनाउने गरौ ,नजिक मुखै छेउमा गएर काने खुसी नगरौ ।

अमेरिकामा लुगाहरु सस्तो हुन्छन । कामको प्रवृति अनुसार लुगामा गन्ध आउने र पसिना आउने हुन्छ । तथापी नेपाल जस्तो हुदैन । हरेक कार्यालयमा तातो र चिसोको सुविधा हुन्छ । अर्थात् वतानुकुलीत र शीतलन प्रणालीको व्यवस्था हुन्छ । कुनै ठाउँमा नहुन पनि सक्छ ।

नेपालमा जस्तो काम गर्दा पसिनै पसिना हुने वातावरण न्यूनतम हुन्छ । तथापी आफू काममा जाँदा सदैव धोएको लुगा लगाएर जाने र सफा लुगा लगाएर मात्र गएमा उत्तम हुन्छ । यधपी कसैको ज्यादै पसिना आएमा अत्तर र शरीर सुगन्धित गर्ने थुप्रै सामग्रीहरु पनि पाइन्छन । त्यो प्रयोग गर्दा पनि हुन्छ । हामी घरमा गुन्द्रुक ,मुलाको अचार र मसला भएका ज्यादै खानेकुरा खादा हाम्रा लुगाहरु त्यसको गन्ध जाने हुन्छ । हामीलाई थाहा हुदैन । केन्द्रिय वतानुकुलित (अर्थात् सेन्ट्रल एसी )हुने हुनाले त्यसले गन्ध सबै ठाउँमा पुग्दछ ।

तथापी आफू काममा जाँदा सदैव धोएको लुगा लगाएर जाने र सफा लुगा लगाएर मात्र गएमा उत्तम हुन्छ ।

अनि बाहिर काटीमा झुन्ड्याएको वस्त्र लगाएर काममा जाँदा ठस्स बिदेशीलाई गनाउछ । अनि अलिक पर बस्ने कोसिस गर्छन । याद गर्नु पर्ने कुरा भनेको एक पटक प्रयोग गरेको लुगा फेरी भोलि नै त्यही वस्त्र लगाएर न जानु नै बेस । लगाएको लुगाहरु हरेक दिन यन्त्रमा घान पुग्ने गरि धुनु पर्छ । मुख गनाउने छ भने पनि मुख ताजा राख्ने कुल्ला गर्ने तरल पदार्थ तथा ओखतिहरु पाईन्छन ।

एक पटक शरीरमा लगाएका लुगा सबै फुकालेर राख्नु पर्छ । अल्छि गरेर हुदैन । त्यसो गरेर काममा केही नभनेता पनि जस्तो देश उस्तै भेष गर्न सिक्नु पर्छ । भरसक काममा जाँदा मुलको अचार ,मसला हालेको मासु ,भुटुवा आदी इत्यादी कम लाने तर घरमा साँझ या छुट्टि को दिन खान व्यवस्था मिलाउनु राम्रो हुन्छ ।

समग्रमा ,अमेरिकामा काममा जाने हो भने दैनिक लुगा परिवर्तन गरौ ,सफा लुगा लगाऔ,पसिना आउने छ भने दुर्गन्धरहित बनाउने गरौ ,नजिक मुखै छेउमा गएर काने खुसी नगरौ ,डुंग डुंग गनाउने प्रकारका वस्त्रलाई बागमती कटाऔ । नव आगन्तुकले सिक्नै पर्ने मूल मन्त्रहरु भनेका यही हुन् ।

तथापी यो पंक्तिकार संग तपाईहरु सहमत हुन् पनि सक्नु हुन्छ या नहुन पनि सक्नु हुन्छ । तथापी आफूले अनुभव गरेका र जानेका कुराहरु सांझा(शेयर )मात्र गर्ने प्रयास गरेको हु ।

प्रतिक्रिया