काठमाडौँ।नयाँ वर्षको अवसर पारेर गायक मन राज प्ल्हेमे गुरुङले ‘है माया’ बोलको म्यूजिक भिडियो बजारमा ल्याएका छन्।गायक मन राजकै शब्द तथा संगीतमा तयार पारिएको गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन्।
जापानाको टोकियोका रमणीय स्थानहरुमा छायांकन गरिएको
भिडियोमा चर्चित टिकटक स्टार रबिन श्रेष्ठ र रमिला श्रेष्ठको मुख्य भूमिका रहेको भिडियोमा अध्ययनका लागि जापान पुगेका एक जोडी दिक्षान्त समारोह पश्चात लामो समयपछि भेट्ने क्रममा एकोहोरो मायामा रुमलिएको प्रेम कथालाई देखाउन खोजीएको छ।
रबिन र रमिलाका अलावा योकृस सुवेदी, राम खत्री लक्की,अमृता श्रेष्ठ,दिव्या तामागं, सुरज मोक्तान र पारु लामाको पनि अभिनय रहेको भिडियोको छायांकन जापनाको टोकियोका रमणीय स्थानहरुमा गरिएको हो।
जन्मथलो छाडेर जापानलाई कर्मथलो बनाइ रहेको केही नेपाली संगीतप्रेमी युवाहरुले संचालनमा ल्याएको च्यानक हो आरपिएन एचडीबाट रिलिज गरिएको छ। जापानमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा सक्रियता देखाउँदै आएको उक्त समुहले फेरी अर्को नयाँ गीत हे मैया बजारमा ल्याएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ।यस अघि सोही समुहले चोखो मायामा, उस्को याद,चौतारीका बर पिपल जस्ता गाीतहरु दर्शकमाझ ल्याएको थियो।जुन खुबै रुचाइएका थिए।
प्रतिक्रिया