नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको पा“चौं साधना म्यूजिक रिवार्ड – २०८१ भोलि १९ गते आयोजना हुने भएको छ । मुलत :नेपाली गीत संगीतका विधामा समेटेर आयोजना गरिदै आएको रिवार्डमा नेपाली गीत संगीत, चलचित्र, साहित्य विधाका उल्लेख्य विशिष्ट व्यक्तिहरु बिचमा ‘रिवार्ड’ प्रदान गरिनेछ ।
साधना म्यूजिक रिवार्ड पहिलो र दोस्रो अवार्डका रुपमा रहेको थियो भने तेस्रोदेखि रिवार्डका रुपमा आएको हो । यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोक गीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पप तर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिदैछ ।
कार्यक्रममा नेपाली चलचित्र आमा की प्रथम अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवि एवं वसुन्धरा भुषाललाई उहाहरुले नेपाली चलचित्र उधोगका लागी दिनुभएको योगदानलाई मूल्याड्ढन गर्दै चलचित्रकर्मी त्रिदेवी सम्मान प्रदान गरीदैछ । हरेक वर्ष आयोजना गरिने साधना म्यूजिक रिवार्डमा हरेक वर्ष नै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने गरिन्छ । साधना म्यूजिक रिवार्ड – २०८१ मा लगभग ५ दशकदेखि अनवरत रुपमा सक्रिय गायिका एवं गीतकार चन्द्रकला शाह लाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । उनका प्रशस्त गीतहरु लोकप्रिय एवं चर्चित छन् । समारोहमा अन्य संगीतकर्मीहरुलाई पनि सम्मान प्रदान गरिनेछ ।
पाँचौ साधना म्यूजिक रिवार्ड जेठ १९ संघीय राजधानी काठमाडौंको चलचित्र बिकास बोर्डमा आयोजना गरिने रिवार्डको अध्यक्ष सामना शाहले बताइन् ।
प्रतिक्रिया