रुसद्वारा मेरियुपोलमा हजार भन्दा ज्यादा युक्रेनी सैनिकले आत्मसमर्पण गरेको दाबि

इनेप्लिज २०७८ चैत ३० गते ११:२१ मा प्रकाशित

रुसले  मेरियुपोलमा हजार भन्दा ज्यादा युक्रेनी सैनिकले आत्मसमर्पण गरेको दाबि गरेको छ ।

रुसले बुधबार एक हजार भन्दा बढी युक्रेनी सैनिकहरूले दक्षिणपूर्वी युक्रेनको घेराबन्दीमा रहेको बन्दरगाह शहर मेरिउपोलमा आत्मसमर्पण गरेको दाबि गरेको छ । जुन अझै पनि युक्रेनी सेनाको कब्जामा छ।

“इलिच’ स्टीलवर्क्स नजिकैको मेरिउपोल शहरमा ३६ औं समुन्द्र-तटका वाहिनीका युक्रेनी १०२६ सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार बुझाएको बताएको छ ।

रूसी सशस्त्र बल र डोनेट्स्क जन गणतन्त्र मिलिशिया (रक्षक योद्धा )ईकाइहरूको सफल आक्रमणको परिणाम स्वरूप आत्मसमर्पण गरेका छन्।” रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आत्मसमर्पण गर्ने सेनामा १६२ अधिकारी र ४७ महिला रहेको मन्त्रालयले जनाएको छ ।

“३६ औं मरिन ब्रिगेडका १ सय ५१ घाइते युक्रेनी सैनिकहरूले घटनास्थलमा तुरुन्तै प्राथमिक स्वास्थ्य सेवा प्राप्त गरे, त्यसपछि उनीहरू सबैलाई थप उपचारको लागि मेरिउपोल शहरको अस्पतालमा लगियो,” मन्त्रालयले बतायो ।

प्रतिक्रिया