म आज यहाँ जिउदो लास……………………

गोबिन्द राज ओझा     २०७८ चैत २७ गते १०:५८ मा प्रकाशित

म आज यहाँ जिउदो लास भई जिएको छु

भुईमा पल्टिएर भगबानलाई सम्झिरहेको छु

 

तिमिले यो मेरो जिन्दगिमा कस्तो खेल खेल्यौ

कसको भर पर्ने मलाई, बिश्वास गर्न गाह्रो बनायौ

यो मेरो जिन्दगिमा मलाई बाच्न गाह्रो बनाईदियौ

ज्युदो लास भएर बाच्न बाध्य बनायौ

 

ज्युदो लासको मलामि भई आईदेउ तिमिले     

मेरो जिवनलाई जलाई खरानि बनायौ तिमिले         

जता देख्छु तिमिलाइ नै देख्छु

मेरो यो दिल दुखाई गएका क्षणहरु सम्झन्छु

 

प्रेमको नाटक गरि फसाउने तिमि नै थियौ

मलाई एक्लो बस्न बाध्य तिमिले बनायौ

कति ढाटछौ कति झुटको खेति गर्छौ

आफुलाई नियालेर हेर तिमिले के गरेको छौ    

 

म मरि सकेको छु तिमिले आई आज हेर  

तिमि कति स्वार्थि रहेछौ आफुलाई बुझ्ने गर              

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

 

 

प्रतिक्रिया