युरोपियन परिषदका अध्यक्षले नयाँ प्रतिबन्धको सङ्कल्प र रुसले बुचामा अत्याचार गरेको आरोप

इनेप्लिज २०७८ चैत २० गते १२:३५ मा प्रकाशित

युरोपियन परिषदका अध्यक्षले नयाँ प्रतिबन्धको सङ्कल्प गर्दै उनले रुसलाई युक्रेनको शहर बुचामा अत्याचार गरेको आरोप लगाएका छन् ।

युरोपियन काउन्सिल(परिषद)का अध्यक्ष चार्ल्स मिशेलले आइतवार रुस विरुद्ध नयाँ प्रतिबन्ध लगाउने वाचा गरे। युक्रेनको उत्तरपश्चिमी भागमा रहेको बुचा शहरको सडक भुइँमा २० वटा आम नागरिकहरुको लाशहरू फैलिएको आश्चर्यचकित बनाउने तस्बिर देखे पछि उनले उक्त रुसलाई अझ प्रतिबन्ध लगाउने वचन गरेका छन् ।

मिशेलले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, “कीभ मुक्त क्षेत्र (बुचाससामुहिक हत्या )मा रुसी सेनाले गरेको अत्याचारको डरलाग्दो तस्बिरहरू देखेर स्तब्ध छु।”

युरोपियन संघले युक्रेन र गैर मुनाफाजनक सामाजिक संजालसंग काम गरि रहेको र अन्तर्राष्ट्रिय अदालतलाई आवश्यक प्रमाण जुटाउन मद्दत गरिरहेको उनले बताए । र, थप ईयु प्रतिबन्धहरू लगाउने कुराहरु छिट्टै आउने बताए ।

यसैबीच, युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलले ट्वीट गरे, “म युक्रेनलाई अधिकांश किभ क्षेत्र मुक्त गरेकोमा बधाई दिन्छु।”

“रूसी सेनाले गरेको अत्याचारको खबरले स्तब्ध भएको छु। युरोपियन संघले युक्रेनलाई युद्ध अपराधको दस्तावेजमा सहयोग गर्छ। अन्तर्राष्ट्रिय अदालतले सबै मुद्दाहरू खोज गर्नु पर्छ “बोरेलले थपे। “ईयूले युक्रेनलाई जोरदार समर्थन जारी राख्नेछ।”

प्रतिक्रिया