विराटनगर,१८ चैत।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय निर्वाचनमा सत्तामा सहभागी गठबन्धन दलहरुवीच सहमती कायम गरि अगाडि निर्णय भएको बताउनु भयो।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेपाली कांग्रेसको अस्ति बसेको केन्द्रीय कार्य समितिको निर्णयले दिशा निर्देशन अनुसार गठबन्धन दलका नेतृत्व तहका नेताहरुवीच आपसी सहमती कायम गरि निर्वाचनमा जाने निर्णय भएको प्रष्ट पार्नु भयो।मन्त्री आलेले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरि प्रमुख,उपप्रमुख, वडाअध्यक्ष,सदस्यहरु कस्ले लिने सम्वन्धमा आपसी सहमतीबाट निर्णय हुने बताउनु भयो।
उहाँले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउनका लागि जग्गा अतिक्रमणका लागि मात्र रु १६ अर्बका साथै निर्माण खर्च अलग्ग लाग्ने हुनाले नयाँ जग्गा उपलव्ध भएमा विमानस्थल निर्माणका लागि सरकारले वजेटका व्यवस्था गर्ने विगतमा आफूले भनेको कुरा स्मरण गराउनु भयो।एक प्रश्नको जवाफमा मन्त्री आलेले विराटनगरबाट दैनिक २२ उडान हुने विमानस्थलमा रहेको सफा यात्रु शौचलय,टर्मिनल भवन र लगेज बेल्टको लागि बजेट विनियोजन गरेको बताउनु भयो।
उहाँले विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै संचालनका लागि निर्देशन दिएको जानकारी दिनु भयो।
प्रतिक्रिया