तिम्रो मिठो मायाले त………………………….

गोबिन्द राज ओझा       २०७८ चैत २ गते १:४८ मा प्रकाशित

 

तिम्रो मिठो मायाले त मेरो प्राण बच्यो

तिमिले माया गरेको चोखो माया बल्ल देखियो

 

जिवन जिउन सिकाउने तिमि थियौ एक

जिन्दगिको गोरेटोमा आए होला मोडहरु अनेक

सधै रहिरहोस मेरो लागि माया तिम्रो दिल भित्र

मेरो मुटुमा सधै रहिरहोस तिम्रो सुन्दर चित्र

 

मेरा सपनाहरु पुरा हुन थाल्छन तिमि भए साथमा

जिन्दगिले कस्तो परिक्षा लियो छुटनु पर्यो बाटोमा

बाध्यताले पैशा कमाउन जानु पर्दा त्यो शहरमा

तिम्रो माया मुटुमा बोलेर जानु पर्यो है नौकरीमा

 

तिम्रो साथ सधै बस्थे  यो गरिविले छोडनु पर्यो

बाध्यताले टाढिए मायालु रहरहरु सबै बिर्सनुपर्यो

 

गोबिन्द राज ओझा

[email protected]

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

 

प्रतिक्रिया