अमेरिकामा किशोर ,किशोरी तथा नाबालिगहरु अनेक गिरोहमा साना तथा ठूला शहर तथा ग्रामीण क्षेत्रमा समेत नाटकीय ढंगले वृद्धि हुदै गै रहेको अवस्था छ । अमेरिकाको न्याय विभागको तथ्याङ्क अनुसार हरेक राज्य ,शहर ,ग्रामिण क्षेत्रमा हिंसात्मक गिरोह भएको संकेत गरेको छ ।
२०१२ मा राष्ट्रिय युवा गिरोह सर्वेक्षणले ८५०,००० आपराधिक गिरोह सदस्य रहेको अनुमान गरेको थियो ।
त्यस्तै २०१५ मा जर्नल अफ एडोलेसेन्ट हेल्थको प्रतिवेदनमा सङ्कलन गरिएको तथ्यांक अनुसार सन् २०१० मा एक मिलियन (१० लाख )भन्दा बढी किशोर गिरोह सदस्यहरू रहेको उल्लेख गरेको छ । वयस्कहरूको तुलनामा बालबालिकाहरू हिंसा र अपराधको शिकार हुने सम्भावना बढी हुन्छ।
६० प्रतिशत अमेरिकी बालबालिकाहरू घर, विद्यालय र समुदायमा हिंसा, अपराध वा दुर्व्यवहारको शिकार भएका छन् ।
अमेरिकाको सबै राज्यमा यो गिरोह झाँगिदै छ । अमेरिकाको राजधानी डिसी क्षेत्रमा पनि अत्यधिक रुपमा यो गिरोहले आफ्नो समुह सदस्य विस्तार गरि रहेको छ ।
कतै हाम्रा नेपाली समुदाय या नेपाली मूलका किशोर किशोरीहरु कतै कुनै यस्ता हिंसात्मक गिरोहमा संलग्न त छैनन् यदि संलग्न भए यस्ता लक्षण देखिन्छ ? पत्ता लगाउन सरल छ ।
यस्ता गिरोहले आफै तिमी यो गिरोहको सदस्य भनि घोषणा गर्ने गर्छन ।
गिरोहले घोषणा गरे पछि उम्किन निकै गाह्रो हुन्छ भनि प्रहरीले जानकारी दिएका छन् । अहिले सम्म अमेरिका आई पुगेका र यही जन्मेका कोही नेपाली समुदायका सन्तानहरु यस्ता गिरोहमा फसेका तथ्यांक छैन l तर पनि साथी संगतको कारण यस्तो गिरोह संग संलग्न हुन् पनि सक्ने भएकोले बेलैमा सावधान अपनाउनु उत्तम हुन्छ ।
तपाईका किशोर किशोरी तथा नाबालिग सन्तान गिरोहसंग संलग्न हुन पनि सक्छ ? गिरोह संलग्न एकै रातमा हुँदैन। यो एक क्रमिक प्रक्रिया हो । यस्ता लक्षण देखा परे सतर्क हुने तुरुन्तै सावधानी अपनाउने ।
यो एक क्रमिक प्रक्रिया हो । यस्ता लक्षण देखा परे सतर्क हुने तुरुन्तै सावधानी अपनाउने ।
गिरोहमा फसेका किशोर किशोरी तथा नाबालिग या वयस्कका यस्ता व्यवहार या नकारात्मक परिवर्तन हुन्छन । विद्यालयमा बिना कारण गयल हुने , प्रदर्शन, व्यवहार ,बिना कारण अबेर सम्म बाहिर रहन मन पराउने तथा गोपनीयता वा गोप्यको लागि असामान्य इच्छा प्रदर्शन गर्ने लक्षण देखा पर्दछ । यसबाट पनि जानकारी लिन सकिन्छ ।
यस्ता गिरोहमा संलग्न भएकाले गिरोहको उत्सव तथा भेलामा जान ईक्षा गर्ने र कुराकानी गर्ने गर्छन । अलग प्रकारको उपनाम राख्ने र अचानक कपाल कोर्ने शैलीमा परिवर्तन गर्छन । यसै गरि नया तथा अलिक फरक शैलीक लुगा तथा अन्य बाहिरी अन्य सामग्री लगाउने पनि गर्छन । यसको साथै छरछिमेक नजिक रहेका गिरोहको जस्तै प्रकारका लुगा लगाउने र बिशेष खेलाडी तथा खेल समूहका लुगा लगाउन मन पराउने गर्छन । गिरोहमा संलग्न छन् भने परिवार ,साथी तथा प्रभुत्व व्यक्तिसंग प्रवृति परिवर्तन गर्ने गर्छन ।
आमाबाबुले उनीहरुको सुत्ने कोठामा प्रवेश नगरोस भन्ने चाहना राख्ने तथा लागूऔषध पदार्थ प्रयोग तथा मादक पदार्थ पिएको संकेत देखा पर्ने जस्तो लागे केही गडबढ छ भन्ने आमा बुवाले तुरुन्तै सतर्कता अपनाउनु पर्ने हुन्छ ।
यसको साथै छरछिमेक नजिक रहेका गिरोहको जस्तै प्रकारका लुगा लगाउने र बिशेष खेलाडी तथा खेल समूहका लुगा लगाउन मन पराउने गर्छन ।
यस्ता गिरोहमा संलग्न भए लगातार नियम भंग गर्ने हुन्छन l गिरोह सदस्यहरुसंग संलग्न भएको स्वीकार गर्छन l उनीहरुले लगाउने साधारण लुगा भन्दा अचानक लुगा एक वा दुई विशेष रंग वा एक विशेष प्रतिक चिन्ह(लोगो )मा असामान्य चासो देखाउँछन l त्यस्ता गिरोहमा संलग्न भए त्यस्ता प्रकारका प्रभावित संगीत, भिडियो, चलचित्र वा संजाल (वेब साइट)हरु मा असामान्य चासो देखाउने र हेर्ने हुन्छन । ध्यान दिन जरुरी हुन्छ ।
लुगाहरु तल लाउने बाट सुरु गर्ने र साथीहरूसँग कुराकानी गर्न असामान्य हात संकेत प्रयोग गर्ने गर्छन । उनीहरुको बिशेष संकेत शब्द गिरोह-शैली बोलीमा बोल्छन । यस्ता हाउ भाउ देखिए सतर्कता अपनाउने ।
उनीहरुका बिद्यालयका पुस्तकहरूमा गिरोह प्रतीकका संकेत, लुगा, पर्खाल वा ट्याटूको विशिष्ट रेखाचित्र तथा गिरोह प्रतीक भएका चित्रहरु भेटिन्छन ।
उनीहरुका बिद्यालयका पुस्तकहरूमा गिरोह प्रतीकका संकेत, लुगा, पर्खाल वा ट्याटूको विशिष्ट रेखाचित्र तथा गिरोह प्रतीक भएका चित्रहरु भेटिन्छन । यस्ता गतिबिधि देखिए पारिवारिक सल्लाह गर्ने ।
अनौठो वस्त्र वा शरीरमा पृथक आभूषण लगाउने आदि पनि गर्ने गर्छन । अमेरिकामा जन्मेका किशोर किशोरी अमेरिकन बिद्यालयमा अध्ययन गर्ने हुनाले यस्ता गिरोहले पाठशालामा संलग्न गराउने कोसिस गर्छन । नाबालिग,किशोर किशोरहरु प्रभावमा आई हिंसात्मक गिरोहमा संलग्न पनि हुन पनि सक्ने हुन्छ ।
अमेरिकामा बिद्यालयको गाडी सम्म छोड्न आमा बुवा नै जाने हुनाले यस्ता गतिबिधि थाहा पाउन साथ तुरुन्तै समाधान गर्न सकिन्छ । १८ बर्ष पछि आफै घर बाट बाहिर जान्छु भन्दा अभिभावकले नरोक्ने हुनाले यस्ता गिरोहमा फस्ने पनि हुन्छन ।
माथि उल्लेख गरे जस्तै लक्षण देखा परे आफ्ना सन्तानलाई बचाउन सकिन्छ । र ,जीवन बर्बाद हुन् बाट मुक्त गराइन सकिन्छ ।
प्रतिक्रिया