पोपले युक्रेनमा ‘नरसंहार’ अन्त्य गर्न आह्वान गरेका छन ।
रोमन क्याथोलिक गिर्जाघरका सर्वोच्च धर्म गुरु पोप फ्रान्सिसले आफ्नो आइतवार प्रार्थनाको समयमा युक्रेनमा रूसको आक्रमणको कडा निन्दा जारी गर्दै, बालबालिकाको अस्पताल र नागरिकहरूमा रूसी आक्रमणलाई बर्बरको रूपमा वर्णन गरे।
“ईश्वरको नाममा, म यो नरसंहार रोक्न अनुरोध गर्दछु,” पोपले रुसी आक्रमणलाई “अस्वीकार्य सशस्त्र आक्रमण” भने।
भ्याटिकनमा बोल्दै पोप फ्रान्सिसले थपे, ” ईश्वर मात्र शान्तिका ईश्वर हुनुहुन्छ, युद्धको होइन, र हिंसालाई समर्थन गर्नेहरूले उहाँको नाम अपवित्र गर्छन्।”
प्रतिक्रिया