विराटनगर,२९ फागुन।नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद अवरुद्ध पक्ष विच प्रतिस्पधा हुने बताउनु भयो।
प्रेस संठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्था गर्ने गर्ने नेकपा माओवादी र यो परिवर्तन रोक्न एवं उल्टाउन खोज्ने एमाले लगायत वीच निर्वाचन भएको स्पष्ट पार्नु भयो।
उहाँले आगामी निर्वाचनमा सवैपार्टीले आआफ्नो एजेण्टा सहित विजयीका लागि पहिलो प्राथमिकता सहित जनतासमक्ष जाने भएकोले स्थानीय तह, जिल्लामा नजिक र सजहरुपमा मिल्ने गठबन्धन पार्टी वीच तालमोल हुन सक्ने आशा व्यक्त्त गर्नु भयो।
पूर्व प्रधानमन्त्री दाहालले नेकाँ नेतृत्व प्रधानमन्त्रीले स्पष्ट गठनवन्धन पार्टीवीच मिलेर चुनावमा जाने भनेकोले नेकाँका केही नेताहरुले के भन्नु हुन्छ त्यो उहाँहरुका वीच आपसी छलफलले गठनवन्धन विरोधी विचारहरु अन्त्य हुने विश्वास लिनु भयो।
एमाले नेतृत्वसंग संसद अवरुद्ध नगर्ने विषयमा गठवन्धन दलका शीर्ष नेतृत्वले छलफल गरेको तर सहमती नभएकोले विकल्पको रुपमा संसद अवरुवद्ध वीच विधेयक पास गरि तोकिएको समयमा संसद निर्वाचन सम्पन्न गर्ने गठवनधन दलहरुवीच सहमती भएको जानकारी दिनु भयो।
मोरङको रंगेली नगरपालिका प्रमुखले माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेको सम्वन्धमा जवाफमा अध्यक्ष दाहालले केही मान्छे पार्टी छोड्ने तथा आउने जानेक्रम चलिरहन्छ त्यो उहाँहरुको व्यक्तिगत स्वार्थको कारणले भएको स्पष्ट पार्नु भयो।
उहाँले तत्काल एमालेसंग निर्वाचनमा सहमती कायम जाने कुनै सम्भावना नरहेको बताउँदै काग्रेससँग कतिपय स्थानमा गठवन्धन गरि जान सकिने बताउनु भयो।
उहाँले माओवादी विचारधारा मिल्ने वामपन्थीदलहरुसंग गठबन्धन गरि निर्वाचन जान सक्ने विचार राख्नु भयो।
अध्यक्ष दाहालले पार्टी केन्द्रीय समिति बनाएको आगामी निर्वाचन पछि केही पदाधिकारी नियुक्त गर्ने पार्टीभित्र सर्वसम्मति निर्णय भएको बताउनु भयो।
उहाँले एमसिसीको व्याख्या सहितको सम्मानजनक कार्यान्वयन हुने बताउदै राष्ट्रिय स्वाधिनता सहित विकासमा यसले मद्दत गर्ने विश्वास गर्नुभयो।
प्रतिक्रिया