१८ महिने बालिकाको करणी र हत्याको आरोपी दुई जना पक्राउ

इनेप्लिज २०७८ फागुन २९ गते १४:३८ मा प्रकाशित

 

विराटनगर,२९ फागुन।मोरङको सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिकाको करणी गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रकाउ गरि आज यहाँ सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा निज अवोध बालिकालाई यही फागुन २७ गते अपहरणपछि करणी गरी हत्या गर्नेहरुमा सहोदर दाजुभाई सोही नगरपालिका बस्ने २८ वर्षिय मिथुन चौधरी र २५ बर्षिय अजय चौधरी रहेका छन्।

निज आरोपीहरुले बालिकालाई फागुन २७ गते बेलुकी ५ः३० मोरङको बेलवारी–८ स्थितबाट खेल्दै गरेको अवस्थामा ‘चोकेपन चकलेट’ दिई ललाईफकाई अपहरण गरि पीडितको घरवाट १५० मिटर उत्तर पश्चिम दिशामा वयरघारीमा करणी गरी वियरको बोतल तथा ढुंगा प्रहार गरी हत्या गरेको कार्यालयका प्रमुख एव प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनु भयो।

निजहरुलाई प्रहरीले शारिरीक र प्राविधिक अनुसन्धानबाट हत्याको घटना भएको १२ घण्टाको अवधिमा पक्राउ गरेको उपरीक्षक जिसीले जानकारी दिनु भयो।

आरोपीहरु हत्या पश्चात एक पसलमा मदिरा सेवन गरी मामा घरमा वसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

आरोपी अजय चौधरी दुई वर्ष अगाडि दुई बर्षिया बालिकाको अपहरणको मुद्दामा कारागार चलान भै गएको मङसिर १८ गते अदालतको फैसलाबाट रिहा भएका थिए।

बालिकाको शव विभत्स अवस्थामा फेला परेको उपरीक्षक जिसीले बताउनु भयो।

आरोपहरुलाई पुर्पक्षका लागि पाँच दिन अदालतबाट म्याद थप गरिएको छ भने अपहरण,जवरजस्ती करणी र हत्याको आरोपमा आजिवन काराबासको मांग गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया