सखी प्रतिष्ठानले मनायो नारी दिवस

इनेप्लिज २०७८ फागुन २६ गते २:३२ मा प्रकाशित

सखी प्रतिष्ठानले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा २०७८ फागुन २५ गते थाहा पुस्तकालय, मीनभवन,काठमाडौंमा छलफल तथा काव्य वाचन कार्यक्रमको आयोजना गर्‍यो।

प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित सो कार्यक्रममा राष्ट्रिय सूचना आयोगका माननीय सूचना आयुक्त अधिवक्ता कमला ओली,शिक्षासेवी एवं साहित्यकार गीता खरेल सिवाकोटी,व्यवसायी एवं गीतकार अस्मिता सुमार्गी,गुन्जनकी उपाध्यक्ष साहित्यकार इल्या भट्टराई,अतुल स्मृति गुरुकूलकी अध्यक्ष बन्दना गौतम,डा.सृष्टि प्रजापति,प्रहरी निरीक्षक जया बस्नेत,गृहिणी रेखा घिमिरे, समाजसेवी डा.माला खरेल,कवि -रेखा यादव,अधिवक्ता शान्ति खनाल, इन्जिनियर -पारु तिमिल्सिनालगायतले नेपाली महिलाहरुले भोग्नु परेका समस्या, चुनौती र अवसरकाबारे छलफल गरेका थिए।

सोही अवसरमा कविहरु नरेन्द्रबहादुर श्रेष्ठ,शिव अधिकारी,मुरारी सिग्देल र निर्मलरमण पराजुलीले नारीसम्बन्धी आआफ्नो कविता सुनाएका थिए।सोही कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले शुभकामना मन्तव्य राखेका थिए ।

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा सम्पन्न सो कार्यक्रम प्रतिष्ठानकी महासचिव एल्सा झाले संचालन गर्नु भएको थियो।

कार्यक्रममा साहित्यकारहरु सविता श्रेष्ठ बेहोसी,ज्ञान्दारी कैनी,विमल बैद्य,अन्जु थापा खत्री,नीता श्रेष्ठ,रुपा पौडेल,निशा रिमाल,आरती राना,मनिला वन्त,हेमा शर्मा,जस्मिन पाण्डेलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया