विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायद्वारा चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा

इनेप्लिज २०७८ फागुन २५ गते ४:०६ मा प्रकाशित

काठमाडौं,विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा गर्नुभएको छ।यसअसघ गीत संगीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा.उपाध्यायले चैतमा १०३ विश्व रेकड पुर्‍याउने लक्ष्यका साथ तयारी गरिरहेको मंगलबार राजधानीमा गरिएको पत्रकार भेटघाटमा जानकारी गराउनुभयो।

उक्त पत्रकार भेटघाटमा उहाँले आफ्ना गीत र सिर्जनाका बारेमा ‘क्विज’ प्रतियोगिता पनि गराउनुभएको थियो।क्विज प्रतियोगिताका दश जनालाई उपहार प्रदान गरिएको थियो।यस्तै सो पत्रकार भेटघाटमा डा.उपाध्यायले आधा घण्टा लगातार आफ्ना १०२ गीतको ब्रिफिङ गर्नुभएको थियो।

कार्यक्रममा गीतकार तथा साहित्यकार गणेश सुवेदी, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ बरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’,मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रकार संघ पूर्वउपाध्यक्ष गीता अधिकारीले डा.उपाध्याका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताउनुभयो।

यस्तै उपस्थित सञ्चारकर्मीहरूले डा.उपाध्यायका विभिन्न विश्व रेकर्डका बारेमा जिज्ञासा राखेका थिए।डा. उपाध्यायले पत्रकारले राखेका जिज्ञासाको उत्तर दिँदै आफ्ना कार्य विश्वमा नेपाललाई चिनाउने रहेको जिकिर गर्नुभयो।गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ।

कीर्तिमानी डा.उपाध्यायका २५ एल्बमका सयौं गीत स्रोता/दर्शकमाझ छन् । यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’,‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’,‘दगाबाज’,‘अधुरो प्रेम’,‘सपनाकी रानी’,‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन्।उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य चार वटा सात एल्वम छिट्टै सार्वजनिक गर्ने जानकारी दिनुभयो।

प्रतिक्रिया