विराटनगर,२१ फागुन।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल सरकारले निर्णय गरेर संसदले व्याख्यात्मक टिप्पणी सहित एमसिसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसदको अवमूल्यन भएको बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले हाम्रो आफनो सन्धि,ऐन र अन्तर्राष्ट्रिय कानूनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको प्रष्ट पार्नु भयो।
महामन्त्रीले थापाले व्याख्यामा केही नयाँ नभएको बताउँदै सन्धि सम्झौतामा जे छ त्यहीलाई वुझाईलाई स्पष्ट पारिएको मात्र हो बताउनु भयो।
उहाँल एमसिसी सम्झौता व्याख्याका सम्वन्धमा नेकां स्पष्ट रहेको छ भन्दै अन्य राजनैतिक पार्टीलाई थप स्पष्ट बनाउनका लागि र संसदबाट सहजरुपमा परित गर्न यो आवश्यक भएको हुंदा आफूले यसलाई सकारात्मक रुपमा लिएको धारणा राख्नु भयो।
महामन्त्री थापाले आगामी दुई ÷चार महिनापछि जनतामा यो सन्धि सम्वन्धमा रहेको भ्रम हट्दै जाने छ भन्दै सन्धिको विरुद्धमा भ्रम फैलाई हल्ला गर्नेलार्ई आगामी पाँच÷सात बर्षसम्म यस सम्वन्धमा प्रश्न सोधिरहनु पर्ने अन्यथा पुनःअन्य कुनै यस्तै प्रकारका विषयमा हल्ला एवं भ्रम फैलाइरहने छन् भन्नु भयो।
नेकांका उपसभापति धनराज गुरुङले वर्तमान सरकार वाध्यात्मक स्थितिमा गठवन्धन गरिएको स्पष्ट पार्दे चुनावमा गठवन्धन हुदैन र जहाँ जुन परिस्थिति हुन्छ त्यही अनुसार गर्र्दै जाने धारणा राख्नु भयो।
उहाँले नेकां सभापति लगायत सम्पूर्ण कार्यसमिति गठवन्धन सम्बन्धमा स्पष्ट धारणा रहेको जानकारी दिदै नेकां सदबै वहुलवाद र ससदीय पद्धतिमा आधारित पार्टी भएकोले आफ्नो नीति र एजेण्डा लिएर जनता समक्ष जाने हो भन्नु भयो।
प्रतिक्रिया