सञ्जय दत्त जेल जानु मिल्ने पल शाह नमिल्ने हो र ?

उज्ज्वल ठकुरी २०७८ फागुन २० गते २२:१३ मा प्रकाशित

जस्तो सुकै हिरो होस्।जस्तो सुकै दानबिर होस्।जस्तो सुकै धनवान होस् र जस्तो सुकै नेता होस कानून भन्दा माथी कोही हुँदैन।यदि लोकतन्त्र र गणतन्त्रको सत्य सदुपयोग गर्नु छ भने यस्तो संबेदनशिल मुद्धामा कानून बलियो हुनु पर्छ।जब सम्म कानून बलियो बन्दैन तब सम्म देश बलियो हुँदैन।१८ बर्ष भन्दा मुनीको बच्ची सँग सम्बन्ध राख्नु भनेको फकाइ फुलाई बलत्कार नै हो।धेरै त्यस्ता बलत्कारीहरु हुन्छन जो दानबिर पूजारी पादरी मुल्लाहरु समातिएका छन।पूजारी पादरी मुल्ला यीनीहरु मान्छे नराम्रो होइनन तर बालिका सँग सेक्स गर्नु एउटा रोग हो।यो नै अपराध हो।कस्को बाबुले सहन सक्छ होला ? आफ्नो नाबालिका छोरीलाई फकाएर सेक्स त्यो पनि आरोप चै त्यो बच्चा को सहमतीमा रे।

बलिउडका अभिनेता सञ्जय दत्त उनि संग राजनीतिक शक्ती देखी के थिएन होला।तर देशको कानून बलियो छ है भनेर प्रमाणित गरेर छाड्यो।सञ्जय दत्तले बन्दुक राखेका मात्र थिए, त्यो पनि आफ्नो सुरक्षाको लागि।तर कानूनले त्यसरी हेर्दैन।कानूनले दुई भयानक मुद्धा हेर्यो। एउटा आम नागरिकले त्यस्तो खाले हात हतियार राख्न् पाउछ कि पाउदैन अर्को त्यो हतियार को सँग किन्यो र हतियार बेच्ने को कस्ता ब्यापारी थिए वा आतंकरी थिए।आखिरमा सञ्जय दत्त जेल जानु थियो गए।कारण त्यस्तो खतरनाक व्यक्तिहरु सँग हतियार किने, धनी बाबुको छोरो जेल गएन भने भोली देखी आम जनताले अपराधी बनेर किन्न जानेछ र कानून त्यो आम जनतामा लगाउन मिल्दैन।सञ्जय दत्तले सजाय स्वीकारे र जेल गए।सजाय काटेर आएपछि उनि झन हिरो भए।

यहाँ निर पल शाह   १८ बर्ष भन्दा मुनिको बच्ची सँग शारिरिक सम्बन्ध राखेको हो भने जेल जनै पर्छ । १८ बर्ष भन्दा मुनिको बच्ची सँग सम्बन्ध राख्ने पल  निर्दोष भन्न मिल्दैन।यहाँ दुई साँढेको जुधाइमा बिचरा ति नाबालक बच्चिको जिन्दगीनै बर्बाद पारीएको छ।कानूनले सबलाई सजाए दिनु पर्छ  सजायले  साना बच्चीहरुको सुरक्षा गर्ने छ ।

नेपालमा एक महिलाहरु नै अपराध बचाउन पल निर्दोष छ भन्दै छ।पल शाह ले शारिरिक् सम्बन्ध राखेको छैन भने चै निर्दोष हो।तर सम्बन्ध थियो भने पल  जेल जानु पर्छ र गल्ती स्विकार्नु पर्छ।याद राख्नुस् बालिका जस्तो सुकै चतुर र चलाख भएपनि त १८ बर्ष मुनिको बलिका नै हो।हाम्रो देशमा एउटा पीडित महिलाले न्याय पाउन कती गाह्रो हुन्छ त्यो स्वयम एक महिलालाई त्यहाँ छ।तर यहाँ आज एउटा बालिकाले न्याय पाएन भने भोली धेरैका छोरी चेली बेटीहरु बलत्कारको शिकार हुनेछन।

यो उचाल्ने र पछार्ने खेलमा  नाबालक बच्चीको जिन्दगी बर्बाद गरिएको छ।नानाथरी ती बलिका माथी औंला उठाईएको छ।प्रत्येक छोरीको बाबुलाई एउटा प्रश्न राख्न् चाहन्छु। यदी पल शाह निर्दोष मान्ने हो भने याद राख्नुस् भोली देखी सबै राम्रा व्यक्तिहरुले फकाइ फुलाई गल्ती भो भन्दै यस्ता कार्य नगर्लान भन्न् सकिन्न।त्यति खेर कानून एउटै लागु हुन्छ नि।यो घटनामा जो जो मिलेर तो १८ बर्ष मुनिको बलिकालाई एउटा पुतली बनाए ति सब लाई नेपालको कानून लागु हुनै पर्छ।ति  १८ बर्ष भन्दा मुनीका शोषणकारी हुन जेल जानै पर्छ।म पल शाह भाई लाई माया गर्छु तर भाई तिमी जेल जानु पर्छ यदी तिमीले नबलिका सित शारिरिक सम्बन्ध राखेको हो भने।होइन भने तिमी निर्दोष छौ।

अन्त्यमा सेक्स गर्नुस् तर २० बर्ष भन्दा माथिको संग मन मिलाएर राख्नुस्।१८ बर्ष भन्दा मुनी सोच्नु पनि एउटा अपराध हो ।यस्तो सम्बेदनसिल कुरामा साथ दिने तपाईं हामी पनि एउटा अपराधी हौ।

उज्ज्वल ठकुरी

९ चोटि बिश्व किर्तिमान

 

उज्ज्वल ठकुरी

९ चोटि बिश्व किर्तिमान

प्रतिक्रिया