रुस र युक्रेनी प्रतिनिधिमण्डलबीच युक्रेनको सीमामा रहेको अज्ञात स्थानमा वार्ता सुरु भएको छ । एउटा छोटो श्रव्य दृश्य( भिडियो) मार्फत युक्रेनी प्रतिनिधिमण्डललाई रुसी प्रतिनिधिमण्डल बसेको सम्मेलन कोठामा प्रवेश गरेको देखाइएको छ।
वार्ता सुरु गर्न बस्नुअघि दुवै टोलीले हात मिलाएका थिए। यो दोस्रो चरणको वार्ता हो ।
युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले सामाजिक सॅजालमा पनि ट्वीट गरे । र ,तत्काल युद्धविराम, युद्धविराम र ध्वस्त वा लगातार गोलाबारी भएका गाउँ/शहरहरूबाट नागरिकहरूलाई बाहिर निकाल्ने मानवीय क्षेत्रमा काम गर्ने उन्ले जनाएका छन ।
साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनलाई पुटिनले सुरु गरेको डेढ घन्टाको दूरवार्तामा युक्रेनमा सैन्य कारबाही जारी राख्ने बताएका छन्, एलिसी प्यालेस स्रोतले बिहीबार पत्रकारहरूलाई बताएको समाचार सिएनएनले लेखेको छ ।
प्रतिक्रिया