युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार “रूसी मिसाइल, विमान र उदग्रबिमानहरुका (हेलिकप्टर)का लागि आकाश पूर्ण रूपमा बन्द गर्न” आह्वान गरेका छन् ।
क्षेप्यास्त्र ,गोलाबारुद र तोपखाना आक्रमण तुरुन्तै रोकिनु पर्छ र आर्थिक रूपमा नष्ट भएको छ ,जेलेन्स्कीले भने ।
मानवता आफ्नो रक्षा गर्न सक्षम छ भनेर देखाउन, यो रूसी क्षेप्यास्त्र , विमान, उदग्रबिमान (हेलिकप्टर)को लागी आकाश पूर्ण बन्द गर्न विचार गर्न आवश्यक छ,” उनले आफ्नो सामाजिक संजाल पन्ना (फेसबुकपेज )मार्फत सन्देशमा उक्त कुरा भनेका छन् ।
“नागरिकहरू विरुद्ध अपराध गर्ने राज्य संयुक्त राष्ट्र सुरक्षा परिषदको सदस्य हुन सक्दैन।
यस्तो राज्यका लागि विश्वका सबै बन्दरगाह, नहर, विमानस्थलको प्रवेशद्वार बन्द हुनुपर्छ। यस्तो राज्यले ऊर्जा निर्यातका लागि सयौं अर्ब प्राप्त गर्नु हुँदैन। अब रुसी सामानहरू किन्नु भनेको मानिसहरूलाई मार्नु पर्ने हो,” जेलेन्स्कीले थपे।
प्रतिक्रिया