रुसी विदेशमन्त्रीले युरोपेली संघको हवाई क्षेत्र प्रतिबन्धका कारण जेनेभामा हुने राष्ट्रसंघको भ्रमण रद्ध

इनेप्लिज २०७८ फागुन १६ गते १५:११ मा प्रकाशित

रुसी विदेशमन्त्रीले युरोपेली संघको हवाई क्षेत्र प्रतिबन्धका कारण जेनेभामा हुने राष्ट्रसंघको भ्रमण रद्द गरेका छन्।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सत्रमा भाग लिन जेनेभाको आफ्नो भ्रमण रद्द गरेका कारण युरोपेली संघले रुसी विमानमाथि प्रतिबन्ध लगाएको जेनेभामा रहेको रुसी नियोगले सोमबार जनाएको छ ।

ईयूले आइतबार रुसका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । यो प्रतिबन्ध युक्रेनमा रुसी आक्रमणको प्रतिक्रियामा गरिएको मूल्यान्कनको हिस्सा हो।

“हाम्रो हवाई क्षेत्र प्रत्येक रूसी विमानको लागि बन्द गरिनेछ। र , यसमा निजी जेट ( बिमान) पनि समावेश छ,” युरोपेली आयोग अध्यक्ष उर्सुला भोन डर लेयनले भनिन ।

प्रतिक्रिया