विराटनगर १६ फागुन।विराटनगर महानगरपालिकाको नवौँ नगरसभा सर्वसम्मतरुपमा आज सम्पत्र भएको छ।
सम्पत्र सभामा आर्थिक वर्ष २०७८÷०७९ को बजेट संसोधन,ऐन कानुनको विधेयक स्वीकृत तथा अर्धवार्षिक प्रगति समीक्षा,संशोधित नीति तथा कार्यक्रमका विषय छलफल भएको थियो।
सभामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निर्वाचनको समयमा आफूले गरेको घोषणा अनुसार नगरमा ९० प्रतिशत भन्दा बढी काम गरेको बताउनुभयो।
उहाँले जनताले प्रत्यक्ष रुपमा विकासको अनुभूति गर्न पाएको खुशी व्यक्त्त गर्दै विराटनगरका १९ वटै वडाका जनप्रतिनिधिहरुले आ आफ्नो वडामा अधिक्त्तम विकास गरौँ भत्रे भावनाका साथ काम गरेकोमा प्रशंसा गर्नुभयो।
प्रमुख पराजुलीले आफ्नो कार्यकालमा १५० किमी भन्दा बढी सडकमा कालोपत्रे भएको,छ हजार घरहरु समेटिने गरी ढल प्रणाली सहित फोहरमैला प्रशोधन केन्द्र निर्माण गरी सञ्चालन गरिएको,जनताको काममा सहज र सरल बनाउन आधुनिक तथा सुविधा सम्पत्र वडा कार्यालयहरु कार्यालय निर्माण गरेको जानकारी दिनुभयो।
सङ्घीय सरकारको असहयोगका कारण कतिपय योजनाहरु चाहेर पनि शुरु गर्न नसकेको प्रतिक्रिया दिँदै प्रमुख पराजुलीले भत्रुभयो,‘कोरोना कालमा पनि महानगरपालिका जनताको घरदैलोसम्म पुगेर सेवा गरेको छ।’
उपप्रमुख इन्दिार कार्कीले जनप्रतिनिधिको नाताले जनताको सक्दो इच्छा र आकाँक्षा पूरा गरेको भत्रुभयो।
प्रतिक्रिया