युक्रेनले रुसी सेना विरुद्ध सफल चालकरहित वायुयान (ड्रोन)द्वारा आक्रमण गरेको दाबी

इनेप्लिज २०७८ फागुन १६ गते १:१४ मा प्रकाशित

युक्रेनी सेनाले टर्कीले बनाएको चालकरहित वायुयान (ड्रोन)द्वारा रुसी सेनामाथि सफल हमला गरेको दाबी गरेको छ ।

आइतवार, युक्रेनको सशस्त्र सेनाले चालकरहित वायुयानद्वारा हतियारको विनाश देखाउने असम्पादित सामाग्री (फुटेज)सार्वजनिक  गरेको छ ।

उनीहरुले यो रूसी बियुके सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीको बिरूद्ध गरिएको बताएका छन् ।

सशस्त्र बलका प्रमुख सेनापति भालेरी जालुज्नीले भने कि ड्रोन(चालकरहित वायुयान) आक्रमण कीभबाट १०० किलोमिटर (लगभग ६२ माईल) उत्तरपश्चिममा रहेको मालिन शहर नजिक भएको थियो।

युक्रेनी सरकारले गत वर्ष टर्कीबाट बेराकतर टिबि२ ड्रोनहरू प्राप्त गर्न थालेको थियो भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया