युरोपेली संघले दुई रुसी संचार माध्यमलाई झुटो समाचार सम्प्रेषण गरेकोमा प्रतिबन्ध

इनेप्लिज २०७८ फागुन १५ गते १८:२९ मा प्रकाशित

युरोपेली संघले दुई रुसी पत्रिकालाई झुटो समाचार सम्प्रेषण गरेकोमा प्रतिबन्ध गरेको छ । युरोपेली संघले रुसी संचार माध्यम रुस टुडे र स्पुतनिकलाई प्रतिबन्ध लगाएको जनाएको छ ।

आइतवार ब्रसेल्समा एक संयुक्त पत्रकार सम्मेलनमा बोल्दै, विदेश मामिला र सुरक्षा नीतिका लागि युरोपेली संघको उच्च प्रतिनिधिले उक्त घोषणा गरेका हुन् ।

युरोपेली संघका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले उक्त कुरा बताए ।

“आज हामी रूस टुडे र स्पुतनिकलाई युरोपेली संघमा प्रसारण गर्न प्रतिबन्ध लगाएर युरोपमा रूसी सूचना हेरफेरको गरेकोमा बन्द गर्न महत्त्वपूर्ण कदम चाल्दैछौं,” बोरेलले भने।

प्रतिक्रिया