युक्रेनको खार्किभमा युक्रेनी सेनापतिले दर्जनौं रुसीहरूले आत्मसमर्पण गरेको बताएका छन् । खार्किभमा युक्रेनी सेनाका सेनापति (कमाण्डर )ओलेग सिनेगुबोभले रूसी सीमाबाट करिब २० माईल टाढा रहेको शहरमा जारी लडाईका बीच दर्जनौं रूसी सेनाले आत्मसमर्पण गरेको दाबी गरेका छन्।
पक्राउ परेका सिपाहीहरूले उद्धेश्य नबुझेको र इन्धन अभाव भएको गुनासो गरेको पनि उनले दाबी गरे।
सिनेगुबोभले आफ्नो सामाजिक संजाल मेटा खातामा खिचेका केही रुसी सैनिकका तस्बिरहरू समेत प्रकाशित गरेका छन् ।
उनले नागरिकहरूलाई घरभित्रै बस्न चेतावनी दिँदै भने, “आफ्नो स्थान छोडेर, रूसी लडाकुहरूले सर्वसाधारणहरु बीचमा लुकाउन खोज्छन्, मानिसहरूलाई लुगा र खानाको लागि माग्छन ।”
यसअघि आइतवार युक्रेनी आन्तरिक मन्त्रीका सल्लाहकार भाडिम डेनिसेन्कोले रुसी सेनाले “हाम्रा शहरहरूमा छिर्ने प्रयास गरेको” बताएका थिए तर कीभ चेर्निहाइभ ,मारिउपोल,खार्किभ शहरहरु पूर्ण रूपमा नियन्त्रणमा छन भनि बताएका थिए ।
रुसीहरूले आफ्ना तोडफोड समूहहरू पठाइरहेका छन् र तिनीहरूले महत्वपूर्ण पूर्वाधारमा गोलाबारी गरिरहेका छन्, हामीले हाम्रा सबै शहरहरूको रक्षा गरेका छौं ,उनले भने ।
प्रतिक्रिया