विराटनगर,१५ फागनु।मोरङको लेटाङ नगरपालिका –८ ज्यामिरे बस्ने १२ बर्षिय छात्राको करणी गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरि आज यहाँ सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी यही फागुन ११ गते विद्यालयबाट छुट्टी भै घर फर्कीरहेकी बालिकालाई जंगलको बाटोमा करणी र हत्या गरेको आरोपमा लेटाङ नगरपालिका –८ बस्ने ६४ बर्षिय दिपक गिरीलाई पक्राउ गरेको जनाएको छ।
आरोपी गिरीले बालिकाको करणी पश्चात हत्या गरी जंगलमा ढुंगाले छोपी विद्यालयको पोशाक आफ्नो घरभन्दा ५०० मिटर टाढा जलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनु भयो।
मृतक बालिकाको विद्यालय घरभन्दा दुईघण्टाको दुरीमा जंगलको बाटो भएर जानु पर्दछ।
आरोपी गिरीलाई लाइटरको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
निज आरोपीलाई जवरजस्ती करणी तथा हत्याको अभियोगमा मुद्दा चलाई सजाय माग गरिएको छ।
प्रतिक्रिया