रुसको आक्रमणपछि कम्तिमा ६४ सर्वसाधारणको मृत्यु भएको र सयौं घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । कम्तिमा ६४ जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले आइतबार जनाएको छ ।
मानवीय मामिलाको समन्वयका लागि सँस्थाको कार्यालयले मस्कोले आक्रमण सुरु गरेदेखि युद्धमा “कम्तीमा २४० जना सर्वसाधारण घाइते भएको र कम्तीमा ६४ जना मारिएको” प्रतिवेदन प्रस्तुत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ कि नागरिक पूर्वाधारमा भएको क्षतिले लाखौं मानिसहरूलाई बिजुली वा पानीको पहुँचबाट वञ्चित गरेको छ भनि सिएनएनले समाचार लेखेको छ ।
सयौं घरहरू क्षतिग्रस्त र नष्ट भएका भने गोलाबारीबाट क्षतिग्रस्त पुलहरू र सडकहरूले केही समुदायहरूलाई बजारबाट बिच्छेद गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया