सामाजिक संजाल मेटा ,ट्वीटर र युट्युब सहितले रुसद्वारा संचालित संचार माध्यमहरुलाई रोक ,प्रतिबन्ध लगाउनुको साथै मुद्रा कमाउने बाटो बन्द गरि दिएका छन् ।
सामाजिक संजाल मेटा(फेसबुक)ले रूसी राज्य संचारगृहलाई पैसा कमाउने मचको रुपमा प्रयोग गर्न रोक लगाएको छ । रूसी राज्य संचार माध्यमहरूलाई अब विज्ञापन संचालन गर्न मेटाको स्वामित्वमा रहेको कुनै पनि मंचमा उनीहरूको सामग्रीहरुलाई पैसा आर्जन (मुद्रीकरण) गर्न अनुमति दिइने छैन भनि मेटाले शुक्रबार साँझ जानकारी गराएको छ ।
मेटाका प्रवक्ता डेभन केर्न्सले यो नीति अनुहार किताव (फेसबुक)मा मात्र नभई इन्स्टाग्राममा पनि लागू हुन्छ भनि सिएनएनलाई स्पष्ट गरेको जनाएको छ ।
मेटाले युक्रेनी प्रयोगकर्ताहरूलाई उनीहरूको मुहार पुस्तिका व्यक्ति विवरण (फेसबुक प्रोफाइल)हरू “बन्द ” गर्ने क्षमता पनि सक्षम गरेको छ । युक्रेनका जनताको लागि बिशेष अन्य सुबिधा समेत ल्याएको छ ।
साथै ट्विटरले यसलाई रूस भित्र प्रतिबन्धित गरेको छ । ट्वीटरले शनिबार रुस भित्र यो प्रतिबन्धित छ र यो मुद्दा सम्बोधन गर्न काम गरिरहेको जनाएको छ ।
“हामी सचेत छौं कि ट्विटर रूसमा केही व्यक्तिहरूको लागि प्रतिबन्धित छ र हाम्रो सेवा सुरक्षित र पहुँचयोग्य राख्न काम गरिरहेको छ,” प्रतिष्ठानले भन्यो ।
युट्युबले पनि युक्रेनबाट रूसी राज्यका संचार माध्यमहरुलाई रोक लगाएको छ र विश्वव्यापी रूपमा पैसा कमाउने( मुद्रीकरण )गर्ने क्षमतालाई निलम्बित गरेको शनिबार बताएको छ ।
धेरै अन्य रूसी संचार माध्यमहरूलाई प्रतिबन्धित गर्ने कदम युक्रेनी सरकारले युट्युबलाई देश भित्रबाट पहुँच बन्द गर्न भने पछि यो निर्णय आएको हो ।
प्रतिक्रिया