रुसी आक्रमण सुरु भएदेखि नै १ लाख युक्रेनी शरणार्थी आइपुगेको पोल्याण्डको सीमा सुरक्षाले जनाएको छ । बिहीबार रुसले देशमा आक्रमण गरेपछि युक्रेनबाट झण्डै एक लाख मानिस पोल्याण्ड प्रवेश गरेका छन्, पोल्याण्डका सीमा गार्ड(सीमा सुरक्षा )ले शनिबार भने।
हिजो एक किर्तिमान दिन थियो, सीमा सुरक्षा अधिकारीहरूले ४७,००० भन्दा बढी मानिसहरूलाई पोल्याण्ड भित्र्याईएको बताए ।
हामी सबैलाई मद्दत गर्नेछौं, हामी कसैलाई सहयोग बिना छोड्ने छैनौं उनले सामाजिक संजाल मार्फत ट्वीट गरे । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घका उप-उच्चायुक्त, केली क्लेमेन्ट्सले शनिबार सीएनएनलाई १२०,००० भन्दा बढी मानिसहरू युक्रेन छाडेका छन् । र ,८५०,००० आन्तरिक रूपमा विस्थापित भएका छन्।
उनले थप्दै भनिन यदि अवस्था बिग्रियो भने ४ मिलियन( ४० लाख )युक्रेनीहरूले देश छोड्न सक्छन ।
प्रतिक्रिया