युक्रेनको कीभ माथि आकाशमा ठूलो विस्फोट भएको सिएनएन टोलीले बताएका छन् ।
युक्रेनको राजधानी कीभमा शनिबार बिहानै सहरको पश्चिम र दक्षिणतिर ठूलो आवाजमा विस्फोट भएको खबर गरिरहेका छन भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।
युक्रेनले युद्धविराम र शान्तिका लागि वार्ता गर्न तयार रहेको बताएको छ ।
“युक्रेन युद्धविराम र शान्तिको बारेमा वार्ता गर्न तयार छ र रहन्छ। यो हाम्रो निरन्तर अडान हो,” राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रवक्ता सर्गी न्याकीफोरोभले शुक्रबार राति भने।
“हामी रुसी संघका राष्ट्रपतिको प्रस्तावमा सहमत भयौं। हाल, यी घण्टाहरूमा पक्षहरू वार्ता प्रक्रियाको स्थान र समय [विचार गरिरहेका छन्]। जति चाँडो वार्ता सुरु हुन्छ, सामान्य जीवन पुन: सुरु गर्ने सम्भावना त्यति नै राम्रो हुन्छ।” उनले थपे।
प्रतिक्रिया