छ लेनको बाटो एक महिना भित्रमा सम्पत्र हुने

इनेप्लिज २०७८ फागुन १२ गते ११:२५ मा प्रकाशित

विराटनगर,१२ फागुन।मोरङको रानी देखि सुनसरीको तरहरासम्म निर्माण भइरहेको छ लेनको बाटो आगामी एक महिना भित्रमा सम्पत्र हुने कुरा प्रमुख जिल्ला अधिकारी कोशराज दाहालले बताउनुभएको छ।।

रानी देखि सुनसरीको तरहरासम्मको करिब ३७ दशमलव चार किमी बाटो आठ वर्ष अघि करिब रु.छ अर्ब भन्दा बढी लागतमा निर्माण गर्ने गरी ठेक्का लागेको थियो।पाँच वर्ष भित्रमा निर्माण कार्य सम्पत्र हुने गरी लागेको ठेक्का अहिलेसम्म पनि पूर्ण रुपमा निर्माण भइसेको छैन्।योजनाको सुनसरीको दुहबी बजार क्षेत्र र सुनसरीकै दुहबी स्थित बुढी खोलामा निर्माण हुने पुल कहिलेसम्म सम्पत्र हुने त्यसको यकिन गरिएको छैन।दुहबी बजारमा करिब ढेढ किमी बाटो बजारवासीले नछाडेकाले योजनाको काम अघि बढ्न नसकेको छ लेन बाटो योजना इटहरीका प्रमुख बद्री शर्माले बताउनुभयो।

छ लेनको बाटो निर्माण भएपछि यसबाट उत्पन्न भएको समस्या र योजनाको काममा भएको ढिलाई प्रति अभिरुचि राख्दै जिल्ला प्रशासन कार्यालयले आज राखेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यो बाटो निर्माणमा निकै ढिलाई भएको जनाएको छ।

बाटो निर्माणमा भएको ढिलाईका कारण जनताले धेरै समस्या भोगेको बताउँदै सहभागीहरुले छ लेनको बाटो बनाउँदा पूर्व डिपिआरमा निकै त्रुटी भएको, बर्षातको पानी निकास हुन नसक्दा विराटनगर क्षेत्रको वडा नं १३,१५, १६ डुबानमा परेको र वडा नं १४ एकीकृत भन्सार जाँच चौकी विराटनगरको बाटो निर्माण भएको कारण डुबान पर्ने गरेकाले यसतर्फ योजनाको ध्यान जानु पर्ने बताएका छन्।

सडक बनिदै गर्दा सडकको खण्ड–खण्डमा भत्किने पनि शुरु भएकाले योजनाको डिजाईनमा निकै त्रुटी भएको सहभागीहरुले एकै स्वरमा विरोध गरेका छन्।कछुवा तालमा बनेका यो बाटोको कारण दुर्घटना भइरहेको,सडक बत्ती लाग्न नसकेको, सडकमा जहीत्यही डिभाइडर राख्नाले सडक वारपार गर्ने मानिसहरुले दुर्घटना व्यहोर्नु परेको समस्या मात्र होइन यसले योजनाले समयमै निर्माण कम्पनीहरुलाई आ–आफ्नो जिम्मेवारी पूरा गराउने तर्फ ध्यान नदिएको होकी भत्रे गुनासो सहभागीहरुले गरेका छन्।

सहभागीहरुले सुनसरीको इटहरी देखि तरहरासम्मको बाटो अन्तर्राष्ट्रिय स्तरको हुने र इटहरी देखि मोरङ रानीसम्मको बाटो अवस्था निकै कमजोर देखिएकाले योजनाको लापारबाही नै होकी भत्रे प्रश्न पनि गरेको थियो।

सहभागी नेपाली कांग्रेस विराटनग महानगरपालिका समितिका सभापति दिपक चापागाँई,नेकपा एमाले विराटनगर समितिका अध्यक्ष सागर थापा, जनता समाजवादी पार्टी विराटनगर महानगर समितिका उपाध्यक्ष मोहम्मद नसरुल, नेकपा माओवादी केन्द्रका नवीन पौडेल,नेपाल उद्योग वाणिज्य परिसङ्घका प्रतिनिधि दिपक पौडेल, मोरङ व्यापार सङ्घका प्रतिनिधि पवन साह लगायतले छ लेनको बाटोले उब्जाएको प्रश्नहरु तेर्साउँदै सडकमा सौन्दर्यकरण पनि हुनु पर्ने माग गर्नुभएको थियो।

ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले विराटनगर महानगरपालिकामा सिटी सफारी सङख्या आवश्यकता भन्दा पनि बढी भएको दुर्घटना बढेको जानकारी दिँदै योजना कसैको घर,पसल,पेट्रोलपम्प,होटल र रेष्टुरेन्ट आगाडि सडक डिभाइडर राख दिनाले पनि दुर्घटना बढेको गुनासो गर्नुभएको थियो।

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी सबैको प्रतिवद्धता र निरन्तरताले मात्र योजनाहरु दुरुस्त र राम्रो बत्रे भन्दै नागरिक सुरक्षाका निम्ति कसैसँग सम्झौता नगर्ने कुरामा जोड दिनुभयो।उहाँले छ लेनको बाटोबाट उत्पत्र समस्यालाई समाधान गर्न योजना प्रमुखलाई निर्देशन पनि दिनुभयो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर बजारको व्यस्तालाई ध्यानमा दिएकै कारणले यहाँ आकाशे पुल बनाउन लागेको जानकारी दिँदै नगर क्षेत्रको छ लेनको बाटोमा सौन्दर्यकरण गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

योजना प्रमुख बद्री शर्माले आफू यस योजनामा आउनुभन्दा पहिले नै यसको डिजाईन भएको जानकारी दिँदै सडकका कारण नागरिकलाई हुने हानीनोक्सानीलाई न्यूनीकरण गर्ने तर्फ ध्यान दिने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।उहाँले इटहरी देखि तरहरको बाटो राम्रो हुनु र इटहरी देखि मोरङको रानीसम्मको बाटो नराम्रो हुनुमा नागरिक नै जिम्मेवार छ भन्दै अतिक्रमणले उब्जाएको समस्या कर्मचारीले कसरी समाधान गर्न सक्छ प्रतिक्रिया दिनुभयो।उहाँले सडकको सौन्दर्यकरणमा योजनाले कसैसँग अनुदान वा सहयोग नमाग्ने भन्दै सक्ने जति सौन्दर्यकरणमा योजनाले खर्च गर्ने कुरामा जोड दिनुभयो।

प्रतिक्रिया