युक्रेनले डोनेट्स्कमा आक्रमण गरिरहेको दाबी ,रुसका झण्डाबारे अमेरिकी विदेश मन्त्रालयको चेतावनी

इनेप्लिज २०७८ फागुन १२ गते ३:०७ मा प्रकाशित

युक्रेनले डोनेट्स्कमा आक्रमण गरिरहेको दाबी सहित रुसका झण्डाहरूबारे अमेरिकी विदेश मन्त्रालयले चेतावनी दिएको छ ।

अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)का प्रवक्ता नेड प्राइसले बुधबार राति रूसी झण्डाहरूको बारेमा अमेरिकी चेतावनीलाई दोहोर्याएका छन् । त्यहाँ युक्रेनले आक्रमण गरेको निहुमा मस्कोले आक्रमणको औचित्य प्रमाणित गर्न प्रयोग गर्न सक्ने भएकोले उक्त चेतवनी दिएका हुन् ।

“सैन्य कारबाहीलाई औचित्य प्रमाणित गर्न खोज्ने निम्न क्रेमलिन विकृति अभियानहरूबाट सावधान रहनुहोस् – कुनै पनि प्रमाणले यी झूटा दाबीहरूलाई समर्थन गर्दैन,” प्राइसले ट्वीट गरे।

उनले लेखे ,युक्रेनले नरसंहार गरिरहेको छैन ; युक्रेनले डोनेट्स्क वा लुहान्स्कमा आक्रमण गरिरहेको छैन र युक्रेनले आतंकवादी हमला गरिरहेको छैन भनि सामाजिक संजालमा प्रकाशन गरेका छन् ।

प्रतिक्रिया