बज्जिकाभाषीले पनि मनाए अन्तर्राष्ट्रिय मातृभाषा दिवस

सञ्जय मित्र,रौतहट २०७८ फागुन ११ गते १०:५६ मा प्रकाशित


सञ्जय मित्र,रौतहट-नेपालका बज्जिकाभाषीले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएका छन्।बज्जिका साहित्य संगम रौतहटको आयोजनामा रौतहटको गरुडामा विशेष साहित्य गोष्ठीको आयोजना गरी मातृभाषा दिवस मनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गा भवानी प्रतिष्ठानका अध्यक्ष बृजकिशोर यादवले मातृभाषाको पहिचान हराएमा मानिसको पहिचानको संकट हुने बताएका छन्। विश्वका हरेक मातृभाषा विश्वको सम्पत्तिको रुपमा रहेको मातृभाषाको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताएका छन्।

संगमका अध्यक्ष किशुनदयाल श्रीकृष्णको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरु सञ्जय साह मित्र,रेणु गुप्ता,संगीता सहनी,शेख चाँद अलि, महेन्द्र झा,शिवचन्द्र प्रसाद साह,राजेन्द्र साह,अभिजित राम,सुबोध यादव लगायतके कविता तथा लघुकथा वाचन गरेका थिए।कार्यक्रम कुमार चन्दन,रविन्द्र पटेल तथा सुरज नारायण झाले बज्जिका भाषाका गीतहरु गाएका थिए।

सर्लाही,रौतहट र बाराका बज्जिका भाषासेवी तथा साहित्यकारहरुको सहभागिता रहेको कार्यक्रमलाई रेडियो मधेस मसला एफएमले प्रत्यक्ष प्रसारण गरेको थियो।
महोत्तरी,सर्लाही,रौतहट र बाराको स्थानीय भाषाको रुपमा बज्जिका भाषा रहेको भाषाका अभियन्ताहरुले दाबी गर्दै आएको छ।नेपालको २०६८ को जनगणनामा देशको सातौँ ठूलो भाषाको रुपमा देखिएको बज्जिकामा विभिन्न साहित्यिक पत्रिका तथा पुस्तकहरु प्रकाशन हुँदै आएका छन्।

प्रतिक्रिया