पुटिनले युक्रेनमा विभाजित क्षेत्रहरूलाई स्वतन्त्रतालाई मान्यता दिए ,अझ तीव्र सङ्कट निम्त्याए

इनेप्लिज २०७८ फागुन ९ गते २२:४८ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पूर्वी युक्रेनमा मस्को-समर्थित विखण्डित क्षेत्रहरूको स्वतन्त्रतालाई मान्यता दिने आदेशमा हस्ताक्षर गरेका छन् ।

उनले संकटको शान्तिपूर्ण समाधान खोज्ने अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासहरूको निर्लज्ज रुपमा खण्डन गर्न चुकेनन ।

रुसको सोमबार रातिको क्रोधित भाषणमा, पुटिनले पश्चिमसँग कीभको बढ्दो सुरक्षा सम्बन्धको आलोचना गरे । र ,सोभियत संघको इतिहास र युक्रेनी समाजवादी सोभियत गणतन्त्रको गठनको बारेमा लामो टिप्पणीमा युक्रेनको आत्मनिर्णयको अधिकारमा उनले शंका गरे ।

“युक्रेनको आफ्नै राज्यको परम्परा कहिल्यै थिएन,” उनले देशको पूर्वी भागलाई “प्राचीन रुसी भूमि” बताए । यस टिप्पणीले युक्रेनमा रुसी आक्रमणको डरलाई बढायो भनि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताए । उनले केही घण्टा र दिनमा आक्रमण सुरु हुने बताए ।

पुटिनको भनाई भन्दा पहिले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यदि रुसले युक्रेनका टुक्रिएका क्षेत्रहरूलाई रुसी भूभागको रूपमा मान्यता दिन अघि बढ्छ भने अमेरिका र उसका सहयोगीहरूबाट “छिटो र दृढ प्रतिक्रिया” दिने वाचा गरेका थिए र यस्तो कदमलाई “अन्तर्राष्ट्रियको कानुनको घोर उल्लङ्घन” भनेका थिए।

यसअघि सोमबार, पुटिनले आफ्ना शीर्ष अधिकारीहरूसँग बैठक गरेका थिए भने कीभले आक्रामक कार्यहरू गरेको आरोप लगाए ।

पुटिनले रूसी सुरक्षा परिषद्को अघिल्लो अनिश्चित बैठकमा पश्चिमलाई धम्की र भयादोहन (ब्ल्याकमेल)को आरोप पनि लगाए जुन असामान्य रूपमा नाटकीय अवस्थामा संचार माध्यममा देखाइएको थियो भनि सिएनएनले समाचार लेखेको छ ।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि आक्रमण नगरेसम्म पुटिनसँग फ्रान्सेली मध्यस्थतामा वार्ता गर्न “सैद्धान्तिक रूपमा” सहमत भएको घोषणा गरेको केही घण्टापछि प्रसारण भएको थियो। क्रेमलिनले सोमबार अघि भने कि बैठकको लागि “कुनै ठोस योजना” नभएको बताएको थियो ।

प्रतिक्रिया