नेपाल सरकार,विज्ञान तथा प्रविधि मंत्रालय,विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा प्रत्योक वर्ष प्रदान गरिने विज्ञान प्रविधि युवा पुरस्कार वर्ष २०७८ को लागी पोखरा-९ निवासी उदयमान वैज्ञानिक डा.निरञ्जन कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ।अनुसन्धानकर्ता डा.कोइरालाले भारतबाट बायोटेक्नोलोजीमा स्नातकोत्तर,दक्षिण कोरियाबाट फर्मास्युटिकल्स बायोकेमिस्ट्रिमा पीएच.डी. र मेक्सिको र मकाउ,चीनबाट माइक्रोबियल बायोटेक्नोलोजीमा पोस्टडक्टोरल फेलोसीप अध्ययन गर्नुभएको हो।सम्माननीय राष्ट्रपतिबाट नेपाल विद्याभूषण “ए” पुरस्कार प्राप्त गर्नु भैसकेका डा. कोइरालाको एक दसक भन्दा बडी अनुसन्धान अनुभवबाट ५० औ भन्दा बडी जर्नल कृति प्रकासन भै सकेका छन्,४० भन्दा बडी जर्नलको १०० भन्दा बडी कृतिहरुको समीक्षा गर्नु भएको छ,१० देशमा ३० भन्दा बडी सम्मेलनमा प्रस्तुति दिसक्नु भएको छ,१२०० भन्दा धेरै उद्धरण प्राप्त गरि सक्नु भएको छ भने कयौ पुस्तक अध्याय र समीक्षा लेख प्रकाशित गर्नुभएको छ।
डा.कोइरालाको प्रमुख अनुसन्धान रुचि सूक्ष्मजीव र जडिबुटी बिरुवाहरुबाट प्राकृतिक उत्पादन औषधि खोज हो र हाल सम्म उनले ३० भन्दा बडी औषधिजन्य बिरुवाहरुमा अनुसन्धान गरिसकेका छन् र यी बिरुवाहरु मध्ये अधिकांशमा एन्टी-अक्सिडेन्ट,एन्टि-ब्याक्टेरियल, एन्टि-पायरेटिक, एन्टि-नोसाइसेप्टिव, एन्टी-इन्फ्लेमेटरी,एन्टी-एपिलेप्टिक,एन्टी-कोभिड,एन्टी-ट्यूमर,कोलेस्ट्रोल विरोधी,मधुमेह विरोधी,स्नायु प्रणाली-सुरक्षा,कलेजो-सुरक्षा आदि गुणहरू भेटिएका छन्।
सरल स्वभाव,मिठो बोली,सकरात्मक सोच,प्रेरणा दिने एवम आफ्नो ख्याल गर्नेले आफू उनीप्रति आकर्षित भएको उनका एक रसायन शास्त्रका विधार्थी छात्र श्याम गैरेले वताए।यस अभिमानी युगमा पनि विधार्थीहरुसंग तरङ्ग रंगेलीको भूमिका निर्वाह गर्दै आफ्नो स्वाभिमानमा व्यक्ति विरलै पाईने एक माइक्रोबायोलोजी कि विद्यार्थी छात्रा जेनिशा आर्चायले बताइन्।डा.कोइरालाले नेपाललाई अनुसन्धानको क्षेत्रवाट विश्वमानचित्रमा नेपाल भित्र हिमाल,पहाड र तराईमा रहेका उच्च कोटीका जडिबुटी तथा बनस्पतिहरुको रसायनिक र जैविक परिक्षण गरि राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा परिचित गराउन आफू लागी पर्ने कुराको जानकारी गराए।
प्रतिक्रिया