विराटनगर,७ फागुन।नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनु भएको छ।
नेपाली कांग्रेस विराटनगर महानगरपालि समिति –९ द्वारा प्रजातन्त्र दिवशको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले एमसीसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई वुझाउनु पर्नेमा जोड दिनु भयो।
केन्द्रीय सदस्य कोइरालाले नेपालको विकास निर्माण तथा गरीवी निवारण गरी लोकतन्त्रलाई वलियो वनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसीसी आउदैमा मुलकमा विदेशी सेना आउने यसकोे कुनैपनि वुंदामा उल्लेख नभएको प्रष्ट पार्नु भयो।
उहाँले एमसीसी रु ६३ अर्वको परियोजनाले मुलुकको विद्युत ट्रान्समिशन लाइनको विस्तारसंगै सडक तथा पुर्वाधारको निर्माणलाई वढावा दिनु रहेको छ भन्नु भयो ।
उहाले अनुदान लिने नाममा जे कुरालाई पनि स्विकार गर्नुपर्छ भन्ने पक्षमा आफु नरहेको प्रष्ट पार्नु भयो।
नेपाली कांग्रेस वडा –९ की सभापती अनुजा कोइराला,महानगरपालिकाका सभापती दिपक चापागाई,क्षेत्र न ६ ख का सभापति मधुवावु तिवारी,महाधिवेश प्रतिनिधी निरन्जन रिजाल तथा समाजसेवी नारायणप्रसाद श्रेष्ठ लगायतले प्रजातन्त्र प्राप्तिका लागि योगदान दिनुहुने सहिदहरुको सपनालाई पुरा गर्न नेता तथा कार्यकर्ताहरु जनताको समृद्धिका जुट्नु पर्ने बताउनु भयो।
नेता कोइरालाले मुटुरोग विशेषज्ञ डा राजिव श्रेष्ठलाई पार्टीमा स्वागत गर्नु भयो।
प्रतिक्रिया